महालक्ष्मी विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

नेपालबहस संवाददाता
बैशाख २४, २०८० आइतबार १८:१८:२

२४ वैशाख, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत स्वास्थ्य प्रतिष्ठान, नेपाल प्रहरी तथा विद्यालयलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकको नेपालगंज शाखाद्वारा कोहलपुर नगरपालिका वडा नं ११ मा अवस्थित निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई Semi Auto Biochemistry Analyzer Machine हस्तान्तरण गरिएको छ ।
स्वास्थ्य प्रतिष्ठानमा उपचारका निमित्त आउने त्यस क्षेत्रमा बसोबास गर्ने विपन्न वर्गका समुदायलाई न्युनतम मुल्यमा किडनी, लिभर, सुगर र युरीक एसिड सम्वन्धी प्रयोगशाला चेकजाँचमा सहजता पु¥याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको थियो । निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठान बाकेंका अध्यक्ष पुर्णिमा शाहीलाई यस बैंकका लुम्बिनी प्रदेश ”ख” का प्रदेशिक प्रबन्धक खगेन्द्र बहादुर साउद र नेपालगंज शाखाका शाखा प्रवन्धक बिन्दु प्रसाद शर्माले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा अध्यक्ष पुर्णिमा शाहिले सहयोग प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्नुका साथै आगामि दिनमा पनि यस्तै किसिमको सहयोगको अपेक्षा व्यक्त गरे ।
त्यस्तै बैंकको डल्लु र ठमेल शाखाद्वारा जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंलाई ब्यारिकेट, कोन तथा गोप्रो क्यामरा हस्तान्तरण गरिएको छ । काठमाडौं महानगरपालिकामा सार्वजनिक सुरक्षा, अमन चयन कायम राख्न, सम्भावित अपराधको रोकथाम नियन्त्रण तथा अनुसन्धान गर्नका साथै तिव्र गतिमा सवारी साधन चलाउने, मादक पद्घार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरुको नियन्त्रण तथा चेक जाँच गर्ने प्रयोजानार्थ बैंकले उक्त सहयोग प्रदान गरेको थियो । जिल्ला प्रहरी परिसर, टेकुका प्रहरी बरिष्ठ उपरिक्षक धन बहादुर कार्कीलाई डल्लु शाखाका शाखा प्रवन्धक आशिष बहादुर धमला र ठमेल शाखाका शाखा प्रवन्धक युधिरमान सिंहले संयुक्त रुपमा उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।
बैंकको विरगंज शाखाद्वारा विरगंज महानगरपालिका वडा नं १४ मा अवस्थित श्री सिद्घार्थ माध्यामिक विद्यालयलाई छ थान स्मार्ट टेलिभिजन हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ । बालविकास ECD देखि १२ कक्षा सम्म अध्यापन गराईने विद्यालयलाई विद्यार्थी मैत्री बनाउन मद्दत पु¥याउने उद्देश्यले बैंकले ECD देखि ५ कक्षा सम्मका विद्याथीहरुका लागि स्मार्ट टेलिभिजन सहयोग गरेको हो ।
सिद्घार्थ माध्यामिक विद्यालय व्यवस्थापन समितिका सदस्य शिव शंकर पटेललाई बैंकका मधेस प्रदेशका प्रादेशिक प्रबन्धक सुदिप चन्द« पोखरेल र विरगंज शाखाका शाखा प्रवन्धक पुरुषोत्तम अधिकारीले संयुक्त रुपमा टेलिभिजन हस्तान्तरण गरेका हुन् ।
आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने समय थप
जेठ १९, २०८० शुक्रबार
सांग्रिला बैंकले वृहत साइकल र्याली गर्दै, भाग्यमानी एकजनाले साइकल उपहार पाउने
जेठ १७, २०८० बुधबार
लुम्बिनी विकास बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
जेठ १६, २०८० मंगलबार
झुट्टा अभियोग मागदाबीबाट सफाइ पाऊँः खाँण
जेठ २०, २०८० शनिबार
नेपाल–भारत सम्बन्धका आयामः प्रधानमन्त्रीले भारत भ्रमणबाट ठूलै कुरा लिएर आउलान् ?
जेठ २०, २०८० शनिबार
कांग्रेस रुपान्तरण अभियानको पोखरामा भेला
जेठ २०, २०८० शनिबार
प्रधानमन्त्री प्रचण्डकै भाषामा भारत भ्रमणका उपलब्धी !
जेठ २०, २०८० शनिबार
जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय सहमति
जेठ २०, २०८० शनिबार
भारत भ्रमण सोचेभन्दा राम्रो, विगतभन्दा परिणाममुखीः प्रधानमन्त्री
जेठ २०, २०८० शनिबार
चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
जेठ २०, २०८० शनिबार
४ जना कोरोना संक्रमित फेला, १८ जना उपचाररत
जेठ २०, २०८० शनिबार