संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिस हुने
नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार १०:१०:२८
२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गर्न संवैधानिक परिषद्को बैठक डाकेका छन् । बैठक सोमबार साँझ ६ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा प्रधानन्यायाधीशमा सहमति भए नाम सिफारिस हुनेछ ।
विगत १५ महिना यता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन । प्रधानन्यायाधीश नियुक्तिका लागि परिषदले बहालवाला न्यायाधीशमध्येबाट तीन जनाको नाम सिफारिस गर्छ । नेपाल बार एसोसिएसनले पनि प्रधानन्यायाधीश नियुक्तिको माग राख्दै आन्दोलन गर्दै आएका छन् ।
चोलेन्द्रशम्शेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा हरिकृष्ण कार्की छन् । यसअघि यही वैशाख ६ गते संवैधानिक परिषद्को बैठक बसेको थियो । सो बैठकमा प्रधानन्यायाधीश सिफारिसबारे सामान्य छलफल भए पनि निर्णय भएको थिएन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय समिति गठनको विवाद नटुंग्याउँदासम्म प्रधानन्यायाधीश सिफारिस गर्न नहुने अडान लिएपछि बैठक निष्कर्षविहीन भएको थियो । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपसभामुख, प्रधानन्यायाधीश रहने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
सिद्धार्थ बैंकको पुस २८ गते एजीएम बस्दै
पुष २४, २०८१ बुधबार
५० बर्ष अघि बनेको बलिउडको पहिलो 'एडल्ट फिल्म' हंस्ते आँसु !
पुष २४, २०८१ बुधबार
परासीबाट चार चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र वितरण
पुष २४, २०८१ बुधबार
लक्ष्मी सनराइज बैंकको 'एजीएम' आज
पुष २४, २०८१ बुधबार
काठमाडौंको कैदीबन्दी नुवाकोट कारागारमा स्थानन्तरण गर्ने क्रम जारी
पुष २४, २०८१ बुधबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार