नक्कली लालपुर्जा बाँडेर पैसा असुल गर्ने ४ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार १०:३५:५५
२५ वैशाख, झापा । नक्कली लालपुर्जा दिएर सर्वसाधारणलाई ठगेको आरोपमा ४ जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ स्थित मेची डाँडाको ऐलानी जग्गाको नक्कली लालपुर्जा बनाएर बाडने कार्यमा सलग्न चारजना पक्राउ परेका हुन । उनीहरुले एक सय भन्दा सर्वसाधरणवाट रकम उठाएर नक्कली लालपुर्जा बाडेको खुल्न आएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीका अनुसार नक्कली लालपुर्जा बाँडनेमा मुख्य योजनाकार शिवसताक्षी नगरपालिका– ५ का डिल्लीराम मैनालीसहित मेचीनगर–६ का ७५ वर्षीय भुपध्वज दाहाल, ७३ वर्षीय ज्ञानबहादुर गिरी र ५४ वर्षीय टंक खड्कालाई प्रहरीले हिरासतमा लिईएको छ । सो घटनामा सलंग्न एकजना भने पफरार रहेका छन् ।
प्रहरीका अनुसार नक्कली लालपुर्जा बाँडने क्रममा पक्राउ परेकाहरुले एक परिवारसँग ९० हजार रुपैयाँसम्म असुल गरेको खुल्न आएको छ । यसरी बाँडिएको नक्कली लालपुर्जामा सम्बन्धित जग्गाधनीको फोटो टाँस गर्नुका साथै किर्ते सहीछापसमेत गरिएको भेटिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप५० किलो गाँजासहित ४ जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
लायन्सले वितरण गर्यो बेथानका बाढीपीडितलाई जस्ता
पुष २४, २०८१ बुधबार
बाक्लो हुस्सुका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
पुष २४, २०८१ बुधबार
मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन
पुष २४, २०८१ बुधबार
५० किलो गाँजासहित ४ जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार