भ्रष्टाचारको विषयमा बोल्न नदिएपछि लुगा फुकाले : सांसद सिंह
‘माननीय सदस्य तपाईँलाई बोल्न समय दिइएको छैन’ भनेपछि आक्रोशित बनेका थिए सिंह
नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार १२:३४:५७
२५ वैशाख, काठमाडौं । सोमबार बसेको प्रतिनिधिसभाको नियमित बैठकमा स्वतन्त्र सदस्य (सांसद) अमरेशकुमार सिंहले सभामुख देवराज घिमिरेले आफूलाई संसद् बैठकमा बोल्न समय नदिएकाले विरोधमा शरीरको कपडा खोलेर विरोध जनाएको बताएका छन् ।
आफूले आजको बैठकमा भ्रष्टाचार र नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने भनी रकम असुल्ने प्रकरणमा राज्य र तत्कालीन सरकारका मन्त्रीहरुको बारेमा विषय प्रष्ट पानुपर्ने विषयमा बोल्ने खोजेको तर सभामुखले नदिएको भन्दै आक्रोश समेत व्यक्त गरे । बोल्न नदिइएपछि उनी संसद बैठकबाट बाहिर निस्केका छन् ।
बाहिरिने क्रममा भ्रष्टाचारको विषयमा मलाई बोल्न समय नदिइएपछि विरोध गर्नुको विकल्प नरहेको उनले बताए । आजको बैठक सुरु गर्नेबारे सदनलाई सभामुख घिमिरेले जानकारी गराउने क्रममा केही सांसदहरुले उठेर बोल्न माग गरेका थिए । सोही क्रममा सांसद सिंहले आफूलाई बोल्न दिन माग गर्दैगर्दा सभामुखले ‘माननीय सदस्य तपाई बोल्न समय दिइएको छैन’ भनेपछि आक्रोशित बन्दै शरीरमा लगाएको सर्ट र भेष्ट फुकालेर अगाडिको कुर्सीमा राखे र अर्धनग्न बनेर औंला उठाउँदै बोल्न पाउनुपर्ने माग गरेका थिए ।
उनको व्यवहार देखेर विपक्षी र सत्ता पक्षका सांसदहरुले उठेर सभामुखको ध्यानाकर्षण गराउँदै आपत्ति जनाए र, एमालेका सांसदहरुले सिंहमाथि कारवाहीको माग गरे ।
त्यसपछि सभामुख घिमिरेले संसद संचालनसम्बन्धी नियमको ३० को २१ (घ)कोा व्यवस्था स्मरण गराउँदै असभ्य, अश्लिल, अपमानजनक, अशिष्ट व्यवहार नगर्न र तत्काल आफ्नो व्यवहार सच्याउन निर्देशन दिए । सोपछि पनि सिंह नरोकिएपछि घिमिरेले कारवाहीको चेतावनी दिएपछि उनले कपडा लगाए र बाहिरएका थिए ।
संसद बैठकमा उपस्थित ससदस्यहरुले पालना गर्नुपर्ने व्यवहारबारे संसदको ‘बैठक सुव्यवस्था’ सम्बन्धी नियमको व्यवस्था गरिएको छ ।
व्यवस्था पढ्नुहाेस् ः
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार