९ महिनापछि र्यापर साकारको कमब्याक
नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार १६:१:३१
२५ वैशाख, काठमाडौं । संगीत पारखीमाझ लिटिल बुद्धका रुपमा परिचित र्यापर साकार अधिकारी संगीतका लागि नौ महिनाको ‘भूमिगत’ जीवनपछि फ्यानमाझ आउने भएका छन् ।
युवापुस्तामाझ रुचाइएका साकार नयाँ एल्बम लिएर दर्शकमाझ आउन लागेका हुन् । उनको एलबम आगामी जुन, २०२३ मा रिलिज हुँदैछ । एलबमको गीत भने जुनको पहिलो साता सार्वजनिक हुनेछ ।
उनले आगामी जुनमै देशका नौ प्रमुख सहरमा नेपाल टुर पनि गर्दैछन् । उनको व्यवस्थापन कम्पनीले सामाजिक सञ्जालबाट टुरको बारे औपचारिक जानकारी दिएको छ ।
विगत पाँच वर्षदेखि साकारको कार्यक्रमको व्यवस्थापन गर्दै आएको पीभीइ नेटवर्कले यसपटक पनि साकारको नेपाल टुरको व्यवस्थापन गर्दैछन् । पीभीई नेटवर्कको तर्फबाट विकास ढकालले व्यवस्थापनको नेतृत्व गर्नेछन् ।
पीभीई नेटवर्कका अनुसार साकारले यसै वर्ष अष्ट्रेलिया, भारत, युरोप र मध्यपूर्वी देशमा सांगीतिक भ्रमण गर्नेछन् । साकारको पछिल्लो म्यूजिक भिडियो ‘नो पिस इन लभ’ नेपालसहित अष्ट्रेलिवया र युएईमा ट्रेन्डिङमा परेको थियो । यो गीत नेपालमा १ नम्बर, अष्ट्रेलियामा ६ नम्बर र युएईमा ६ नम्बर ट्रेन्डिङमा परेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म
बैशाख २४, २०८१ सोमबार
जीवन कालमा धेरै मेहनत गरेर यहाँसम्म आएकी गायिका बिसी
बैशाख २४, २०८१ सोमबार
‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
बैशाख १८, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख
बैशाख २४, २०८१ सोमबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
भवन अभावले एउटै कोठामा दुई फरक-फरक कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता
बैशाख २५, २०८१ मंगलबार
भेपमा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु
बैशाख २५, २०८१ मंगलबार
बाटोमै विरामी परेका बागमतीका मुख्यमन्त्रीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
बैशाख २५, २०८१ मंगलबार
दशरथ रङ्गशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्ने खतरा
बैशाख २५, २०८१ मंगलबार
इआईए प्रक्रियामा अल्झियो मझगाउँ विमानस्थल पुनः निर्माण
बैशाख २५, २०८१ मंगलबार
चितवनमा बाघ र गैँडा मृत फेला
बैशाख २५, २०८१ मंगलबार