ढाकाकुमारको सांसदमा पुनर्वाहलीसम्बन्धी रिट टुंगो नलाग्दै सांसद बनिन् विन्दाबासिनी
नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार १७:१३:३
२५ वैशाख, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की विन्दाबासिनी कंसाकारलाई समानुपातिकतर्फ सांसद बनाएको छ ।
अढाइ कराेड रूपैयाँ घुस रकम मागिएको अडियो रेकर्डमा मुछिएका सांसद रहेका ढाकाकुमार श्रेष्ठलाई रास्वपाले निलम्बन गर्दै रास्वपाले कंसाकारलाई सांसद बनाउन आयोगमा पत्र दिएको थियो ।
श्रेष्ठको स्थानमा कंसाकारलाई सांसद बनाएको आयोगको राजनीतिक दल व्यवस्थापन शाखाले जनाएको छ । कंसाकार सांसद हुने निर्णय आयोगले अघिल्लो साता नै गरेपनि निर्णय सार्वजनिक भएको थिएन । बजेट अधिवेशन सुरू भएको सोमबार दुई दिन भइसक्दा पनि संसदमा सभामुख देवराज घिमिरेले यसबारे केही जानकारी दिएका छैनन् ।
यसबीचमा निलम्बित सांसद पद पुनर्वाहलीका लागि अन्तरिम आदेश माग गर्दै श्रेष्ठले आइतबार सर्वोच्च अदालतमा दायर गरेको रिटमा आजै मात्र श्रेष्ठलाई सांसदबाट हटाउने निर्णय तत्काल कार्यान्वन नगर्न अल्पकालीन आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले दिएको उक्त आदेशमा अन्तरिम आदेश जारी गर्नेबारे छलफलका लागि रिटका दुवै पक्षलाई बोलाएको छ ।
कंसाकार सांसद बनाएसँगै आयोगले सोको जानकारीका लागि संघीय संसद सचिवालयलाई पत्र पठाइसकेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात
पुष २४, २०८१ बुधबार
मोतियाविन्दुका बिरामीको निः शुल्क उपचार गर्दै सगरमाथा आँखा अस्पताल
पुष २४, २०८१ बुधबार
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
पुष २४, २०८१ बुधबार
जाडोमा कपडा लगाएर सुत्नाले निम्त्याउन सक्छ यस्ता स्वास्थ्य सम्बन्धी जोखिमहरु !
पुष २४, २०८१ बुधबार
सूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
पुष २४, २०८१ बुधबार