दोषी नभए किन भागे एमाले सचिव टोपबहादुर रायमाझी ?
नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार १७:१४:५
२५ वैशाख, काठमाडौं । नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरिएको घटनामा दोषी देखिएका पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव टाेपबहादुर रायमाझी पाँचदिनदेखि वेपत्ता छन् । अर्घाखाँचीको एक कार्यक्रममा सभामुख देवराज घिमिरेसँगै प्रमुख अतिथि बनेर बुटवल झरेका रायमाझी त्यसयता सम्पर्कमा छैनन् । उनी साच्चै हराएको भए उनको परिवारले खोजी गर्नुपर्ने हो । तर, परिवाले पनि खोजिपाउँ भनेर हराएको सूचना दिएको छैन् ।
कतिपयले अनुसन्धानमा रहेका प्रहरीले नै रायमाझीलाई लुकाएको आशंका गरेका छन् भने रायमाझी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोट निवासमा रहेको बताएका छन् । शुक्रबार अपराह्नदेखि नै रायमाझी केपी ओलीको निवासमा बसिरहेका निकटस्थहरु बताउँछन् । तर, ओलीले भने आफुले उनी लुकेको ठाउँ नदेखेको भन्दै व्यांगात्कम उत्तर दिँदै आएका छन् ।
प्रशरीले पक्राउ पुर्जी जारी गरेपछि सम्पर्कमा नरहेका सांसद रायमाझी दोषी नभए भाग्नुपर्ने कारण थिएन । यस प्रकरणबाट करोडौ रकम लिएकै कारण उनी अहिले लुकेर बसेका छन् । संसदमै पनि रायमाझी एमाले अध्यक्ष ओलीकै घरमा बसेको भन्दै तत्काल बुझाउनुपर्ने आवाज उठेको थियो । फौजदारी कसूरको अनुसन्धानमा प्रहरीले आधारभूत मूल्यमान्यता भत्कने गरी गोप्य राख्नुपर्ने सूचना चुहाएर आरोपितलाई भाग्ने मौका दिइएको विषयले पनि संसदमा प्रवेश पाएको छ ।
जिल्ला अदालत काठमाडौंले वैशाख २० मा नेकपा एमालेका सचिव एवं पटक पटक मन्त्री बनिसकेका रायमाझी, उनका छोरा सन्दीप र प्रतीक थापालाई पक्राउ गर्ने अनुमति दिएको थियो । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका मानव तस्करी गर्ने गिरोहमा सामेल भएको आरोपमा उनीहरू विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
प्रहरीले यो प्रकरणमा अझै १०–११ जना पक्राउ पर्ने बताइरहेका बेला फरार रहेका रायमाझीलाई समाउन प्रहरीले ने आनाकानी गरिरहेको छ । यो यस्तो मुद्दा हो, जुन उच्च राजनीतिक र प्रशासनिक व्यक्तिहरूको संलग्तामा संगठित रूपमा ८७५ जना नेपालीलाई भुटानी शरणार्थीको मान्यता दिलाएर अमेरिका पठाउने योजना थियो । पाँच वर्षदेखि निर्बाध चलिरहेको यो प्रकरणको केन्द्रमा गृह प्रशासनको सिंगो संयन्त्र नै जोडिएको खुलेको छ । तर, संगठित अपराधको कसूरमा अनुसन्धान गरिरहेको त्यही प्रहरीले आरोपित उम्कने गरी अनुसन्धानका सूचना चुहाउँदै आरोपीहरु भगाउन सुरु गरेको छ ।
आफू विरुद्ध पक्राउ पुर्जी जारी भएपछि केही समय प्रहरीको सम्पर्कमा नै रहेका पूर्व मन्त्री रायमाझी अझै गायब छन् । आफैले सूचना चुहाएको प्रहरी पनि उनी हराएको भन्दै ढुक्कसाथ बसेको छ । अनुसन्धान निचोडमा नपुग्दै काम देखाउन वा अरू प्रयोजनका लागि यस्ता सूचना दिनु अपराध अनुसन्धानको आधारभूत सिद्धान्त विपरीत हो । तर, प्रहरी अधिकारीहरूले यस्ता सूचना चुहाउँदै आएका छन् । वैशाख २० मा पक्राउ पुर्जी जारी भएका तीन जनामध्ये एक जनालाई मात्र प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्व मन्त्री रायमाझीका छोरा सन्दीपलाई प्रहरीले २० गते साँझ लुम्बिनी प्रदेशको बुटवलबाट पक्राउ गरेको थियो । पूर्वमन्त्री रायमाझी र प्रतीक भने फरार छन् । प्रतीक पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा हुन् ।
पक्राउ पुर्जी जारी भएको दिन एमाले सचिव रायमाझी गृहजिल्ला अर्घाखाँचीस्थित एक कार्यक्रममा सहभागी थिए । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगै कार्यक्रममा सहभागी भएका रायमाझी त्यही दिन भैरहवाबाट काठमाडौं उडानमा आउने तय थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिन प्रहरी तैनाथ रहेकै वेला उनको उडान रद्द भएको सूचना आयो । त्यसपछि रायमाझी हराएका हराएकै छन् ।
पूर्व मन्त्री रायमाझी यो गिरोहको प्रभावशाली खेलाडी रहेको प्रहरीको दाबी छ । आफू उर्जामन्त्री भए पनि गृह मन्त्रालय र बिचौलियाका नाइकेलाई जोडिदिने काम उनैले गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत बताउँछन् । तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई र बिचौलिया नाइके केशव दुलालबीच रायमाझीले सम्बन्ध गाँसिदिएको पाइएको छ । रायमाझी, दुलाल र राईबीच भाइबरमा भएका संवादले आर्थिक कारोबारको पाटो समेत उघारिदिएको ती प्रहरी अधिकृत बताउँछन् ।
अझ उनका छोरा सन्दीपको नाममा त गिरोहका सदस्यले डेढ करोड रुपैयाँको चेक काटेको प्रमाण प्रहरीले फेला पारेको छ । कारोबारको अन्य उद्देश्य समेत खुल्न नसकेको एक अनुसन्धान अधिकृतको भनाइ छ । जब नक्कली भुटानी शरणार्थी बनाएर बाहिर लैजाने धन्दा चल्यो, त्यसपछि मात्रै सन्दीपसँग यो गिरोहको आर्थिक लेनदेन भएको छ । उनीहरूबीच व्यापार व्यवसायको लेनदेन पनि देखिंदैन । यो गिरोहले पूर्व मन्त्री रायमाझीलाई विभिन्न ठाउँमा घुमाउन लगेको तस्वीर पनि प्रहरीसँग छ भने यसको फोटा पनि सार्वजनिक भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको संकेत
माघ ९, २०८१ बुधबार
सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो
माघ ९, २०८१ बुधबार
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’
माघ ९, २०८१ बुधबार
संखुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात
माघ ९, २०८१ बुधबार