९ महिनापछि र्यापर साकारको कमब्याक
नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार १७:४०:१९
२५ वैशाख, काठमाडौं। संगीत पारखीमाझ लिटिल बुद्धका रुपमा परिचित र्यापर साकार अधिकारी संगीतका लागि नौ महिनाको ‘भूमिगत’ जीवनपछि फ्यानमाझ आउने भएका छन् ।
युवापुस्तामाझ रुचाइएका साकार नयाँ एल्बम लिएर दर्शकमाझ आउन लागेका हुन् । उनको एलबम आगामी जुन, २०२३ मा रिलिज हुँदैछ । एलबमको गीत भने जुनको पहिलो साता सार्वजनिक हुनेछ ।
उनले आगामी जुनमै देशका नौ प्रमुख सहरमा नेपाल टुर पनि गर्दैछन् । उनको व्यवस्थापन कम्पनीले सामाजिक सञ्जालबाट टुरको बारे औपचारिक जानकारी दिएको छ ।
विगत पाँच वर्षदेखि साकारको कार्यक्रमको व्यवस्थापन गर्दै आएको पीभीइ नेटवर्कले यसपटक पनि साकारको नेपाल टुरको व्यवस्थापन गर्दैछन् । पीभीई नेटवर्कको तर्फबाट विकास ढकालले व्यवस्थापनको नेतृत्व गर्नेछन् । पीभीई नेटवर्कका अनुसार साकारले यसै वर्ष अष्ट्रेलिया, भारत, युरोप र मध्यपूर्वी देशमा सांगीतिक भ्रमण गर्नेछन् ।
साकारको पछिल्लो म्यूजिक भिडियो ‘नो पिस इन लभ’ नेपालसहित अष्ट्रेलिवया र युएईमा ट्रेन्डिङमा परेको थियो । यो गीत नेपालमा १ नम्बर, अष्ट्रेलियामा ६ नम्बर र युएईमा ६ नम्बर ट्रेन्डिङमा परेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
नेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी
बैशाख २८, २०८१ शुक्रबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार
सरकारविरुद्ध सदन र सडकमा उत्रियो कांग्रेस, १३ गते काठमाडौंमा प्रदर्शन गर्ने
जेठ ९, २०८१ बुधबार
रौतहटको श्रीराम चिनी मिल सञ्चालन गर्न कार्यदल गठन
जेठ ९, २०८१ बुधबार
गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिट आजपनि ‘हेर्दाहेर्दै’ मा
जेठ ९, २०८१ बुधबार