गोरखपुरमा भेटिए प्रहरीको फरार सूचीमा रहेका एमाले सचिव रायमाझी
नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार २२:२४:७
२५ बैशाख, काठमाडौं । नेपालीलाई नक्कली शरणार्थी बनाएर ठगी गर्ने गिरोहलाई सघाएको आरोपमा नेपाल प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार भएका पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी गोरखपुरमा भएको खुलेको छ । उनी भैरहवाबाट सुनौली नाका हुँदै गोरखपुरमा लुकेर बसेको स्थानीय उच्च प्रहरी स्रोतले नेपाल बहसलाई जनाएको छ । प्रहरीकै सहयोगमा उनी गोरखपुरमा बसिरहेको बताइएको छ ।
भारतको विभिन्न स्थानबाट गोरखपुर हुँदै सुनाैली नाकाबाट नेपाल आएका नेपालीले पनि रायमाझीलाई गोरखपुर बजारमा हिडिरहेको देखेको बताएको प्रहरीको भनाइ छ । प्रहरीले रायमाझी गोरखपुरमा भएको जानकारी पाएर पनि उनलाई पक्राउ गर्न टोली पठाएको छैन् । भैरहवाबाट काठमाडौं आउने तयारी अवस्थामा रहेका रायमाझी एकाएक फरार भएका थिए ।
उनी फरार भएपछि प्रहरीले सो गिरोहको एउटा ठूलो माछो उम्काएको भन्दै देशभर प्रहरी प्रशासनको विरोध भइरहेको छ । प्रहरीले रायमाझी गोरखपुरमा भएको औपचारिक जानकारी पाउँदा समेत सूचना सार्वजनिक गरेको छैन् । एमाले अध्यक्ष ओलीलाई भने प्रहरीले रायमाझीको अवस्थाबारे जानकारी दिइरहेको स्रोतको भनाइ छ । दवावका भरमा प्रहरीले गाेरखपुर भएका उनलाई पक्राउ गर्न टोली खटाउनुको साटो उल्टै ७७ वटै जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि पत्रचार गरेर बसेको छ ।
प्रहरीले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने विरुद्धको मुद्धालाई संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । यसको हदम्याद ६० दिनको हुने भएकाले मुद्धा अदालतमा नपुगेसम्म रायमाझी भारतै राख्ने प्रपञ्च गरेको छ । प्रहरीकै सहयोग उनी गोरखपुरमा बसेको र नेपाल नआउने बुभिएको छ । एमालेको केन्द्रीय कमिटीको बैठक २८–३० वैशाखमा बस्ने तयारी छ । त्यो बैठकमा उनी नआउने कुरा पनि नेपाल प्रहरीकै अधिकारीहरुले एमालेलाई जानकारी दिइरहेका छन ।
भारतको गोरखपुरमा घुमिरहेका रायमाझीलाई नेपाल प्रहरीले बुटवल– भैरहवातिर खोजी गरिरहेको छ । उनी एमाले सचिव र सचिवालय सदस्य समेत हुन । एमालेको केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा मंगलबार सचिवालय बैठक मंगलबार बस्दैछ । यही वैशाख २८ गतेदेखि ३० गतेसम्म केन्द्रीय कमिटीको पाँचौं बैठक पनि काठमाडौंमै बस्दैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको संकेत
माघ ९, २०८१ बुधबार
सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो
माघ ९, २०८१ बुधबार
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’
माघ ९, २०८१ बुधबार
संखुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात
माघ ९, २०८१ बुधबार