रेकर्डबाट हटाइयाे सांसद रमेशजंगकाे अशाेभनीय भाषा
नेपालबहस संवाददाता
बैशाख २६, २०८० मंगलबार ११:५९:२७
२६ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउका लागि प्रहरीबाट खोजी भइरहेको एमाले सांसद टोपबहादुर रायमाझी सम्पर्कमा नरहेको विषयलाई लिएर राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले प्रयोग गरेको शब्दावली संसदीय रेकर्डबाट हटाइएको छ ।
एमाले सचिव समेत रहेका सांसद रायमाझी पक्राउ पुर्जी जारी भएपछि ५ दिनदेखि फरार छन् । यस विषयमा बोल्दै गत आइतबार राष्ट्रिय सभाको बैठकमा रमेशजंग रायमाझीले अशोभनीय र अमर्यादित भाषा प्रयोग गरेका थिए ।
रमेशजंगको उक्त भाषाको सोमबार प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आपत्ति जनाएको थियो । एमालेले आपत्ति जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिस्लिनाले पुनः सुनेर हटाउने निर्णय लिएका हुन् । गलत भाषा रेकर्डबाट हटाइएको सूचना अध्यक्ष तिमिल्सिनाले मंगलबारको राष्ट्रिय सभाको बैठक जानकारी दिएका हुन् ।
साथसाथै अध्यक्ष तिमिल्सनाले राष्ट्रिय सभामा बोल्दा नियमावली अनुसार शिष्ट र मर्यादित शब्दहरुको प्रयोग गर्नसमेत आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
कस्तो छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २४, २०८१ बुधबार
पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात
पुष २४, २०८१ बुधबार
मोतियाविन्दुका बिरामीको निः शुल्क उपचार गर्दै सगरमाथा आँखा अस्पताल
पुष २४, २०८१ बुधबार
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
पुष २४, २०८१ बुधबार
जाडोमा कपडा लगाएर सुत्नाले निम्त्याउन सक्छ यस्ता स्वास्थ्य सम्बन्धी जोखिमहरु !
पुष २४, २०८१ बुधबार