मौद्रिक नीतिमार्फत ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाउने अर्थमन्त्री रटान यथावत
नेपालबहस संवाददाता
बैशाख २६, २०८० मंगलबार १५:३६:५
२६ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउनेमा अर्थमन्त्री डा. प्रकाशशरण महत अझै विश्वस्त देखिएका छन् । राष्ट्र बैंकले भने उनको रटानको जवाफ अहिलेसम्म दिएको छैन । अर्थमन्त्री महतले धेरै पटक मौद्रिक नीति समीक्षा भएमात्र ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाउन सकिने बताउँदै आएका छन् ।
मंगलबारको राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०८०/८१ को सिद्धान्त तथा प्राथमिकताबारे उठेका प्रश्नको जवाफ दिंदै अर्थमन्त्री महतले सरकारले बजेटमार्फत अनावश्यक खर्च घटाउने, नचाहिने संरचनाहरू हटाउने र पूँजीगत खर्च बढाउने भन्दै राष्ट्र बैंकले पनि मौद्रिक नीतिमार्फत ब्याजदर घटाउनेमा आफू विश्वस्त रहेको दोहोर्याएका छन् ।
ब्याजदर घटाएर वित्तीय लागत कम गर्ने र सरकारी खर्च बढाएर अर्थतन्त्र चलायमान गराउने सरकारको योजना रहेको डा. महतले सुनाए । ‘व्यापार व्यवसायमा ब्याजदर बढेका कारण नाफा भइरहेको छैन, नयाँ ऋण लिन खोज्नेहरू पोसाउँदैनन् । बैंकिङ क्षेत्रबाट पूँजी परिचालन गर्ने वातावरण बनाउन मौद्रिक नीतिमार्फत पनि सम्बोधन हुनुपर्छ,’ उनले भने, ‘मलाई के विश्वास छ भने राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो पार्छ र त्यसले ब्याजदर घट्छ ।’ नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउनेमा अर्थमन्त्री डा. प्रकाशशरण महत विश्वस्त देखिएका छन् ।
अर्थमन्त्री डा महतले वर्तमान आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताए । उनले विशेष परिवेशमा आगामी आर्थिक वर्षको बजेट आउन लागेको उल्लेख गर्दै अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सबै प्रयास गरिने प्रतिबद्धता व्यक्त गरे ।
सांसदहरुले महत्वपूर्ण सुझाव दिएको उल्लेख गर्दै मन्त्री महतले सांसदले उठाएका प्रश्न, खबरदारी र सुझावलाई आत्म साथ गरिने विश्वास दिलाए । आर्थिक वृद्धिदर कुनै सीमित वर्ग र समुदायमा मात्र सीमित नभइ समावेशी हुने गरी आगामी बजेट तय हुनेछ, वैदेशिक सहायता कम भएको सन्दर्भमा स्रोत जुटाउने सबै उपाय अवलम्बन गरिनेछ उनले भने ।
राजश्व घटेको र पुँजीगत खर्च कम भएको अवस्थामा आगामी आवमा पुँजीगत खर्चको प्रभावकारिता बढाउने र पहिलो दिनदेखि नै प्रभावकारी रुपमा अनुगमन गर्ने मन्त्री महतले उल्लेख गरे । विदेशी सहायता, राजस्व र आन्तरिक ऋण नै बजेटको स्रोत हुने जिकिर गर्दै उनले प्रभावकारी ढंगबाट खर्च गर्ने व्यवस्था गरिने बताए । अहिले ब्याजदर बढेकाले लागत बढेको र यसले गर्दा लगानी कम भएको बारेमा सरकार जानकार रहेको उल्लेख गर्दै मन्त्री महतले भने मौद्रिक नीतिमार्फत ब्याजदर कम हुने व्यवस्था गरिनेछ र यसले राजस्व बढाउन र अर्थतन्त्र चलायमान बनाउन योगदान पुग्ने तथा सकारात्मक प्रभाव पर्नेछ ।
राजस्व चुहावट कम गर्न गृह र अर्थ मन्त्रालय मिलेर नियन्त्रण गरिने मन्त्री महतको भनाइ थियो । उनले मुलुकमा केही विकास नै नभएको भनी निराश हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै प्रजातन्त्र पुनः स्थापनापछि मुलुकमा शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा धेरै काम भएका छन् । तर पनि यतिले पुग्दैन । अझै धेरै काम गर्नुपर्ने बताए ।
करको विषयमा कुनै पनि सीमित वर्ग र समुदायलाई फाइदा पुर्याउने गरी कुनै काम नहुने एवं मुलुक र जनतालाई केन्द्रमा राखेर नै बजेट तय गरिने उहाँले बताए । खर्च घटाउने र अनावश्यक संरचना कम गर्ने सम्बन्धमा प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्री डा महतले यो विषयप्रति बजेट उन्मुख हुने बताए । सांसदका सुझाव सल्लाह समेटेर बजेट निर्माण गरिने विश्वास दिलाउँदै उनले मितव्ययितातर्फ केन्द्रित रही साधारण खर्च कटौती गरिने र अनावश्यक खर्चसमेत कटौती गरिने बताए ।
सामाजिक सुरक्षाका सम्बन्धमा वर्तमान सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री महतले यसमा कटौती गर्ने कुनै योजना नरहेको बताए । राष्ट्र बैंकमार्फत् ब्याजदर घटाएर चलायमान बनाउने, रोजगारीका अवसर सिर्जना गर्ने गरी बजेट तय गरिने उनको भनाइ छ । यसमा सबैको सहयोग र प्रयासको आवश्यकता मन्त्री महतले औंल्याए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार