असार जेठमा मात्रै धेरै बजेट खर्च गर्ने परम्पराको अन्त्य गरौं : अध्यक्ष यादव
नेपालबहस संवाददाता
बैशाख २६, २०८० मंगलबार १५:५०:३२
२६ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी -जसपा_ का अध्यक्ष सांसद उपेन्द्र यादवले असार र जेठमा पुगेर मात्रै धेरै बजेट खर्च हुने परम्पराको अन्त्य नभएसम्म विकास सम्भव नहुने बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी वर्षको बजेटका प्राथमिकता र सिद्धान्तमाथिको छलफलमा अध्यक्ष यादवले विकास बजेटको ७० प्रतिशत बजेट मात्रै खर्च हुने गरेको र त्यसको अधिकांश जेठमा मात्रै खर्च भइरहेको भन्दै त्यस्तो अभ्यासको अन्त्य गर्नुपर्ने बताए ।
उनले नेपाललाई विकासोन्मुख देशको सूचीमा उकाल्न सरकारले बजेटमार्फत आवश्यक नीति र कार्य योजना अंगाल्नुपर्ने माग गरे । उनले सार्वजनिक पद धारण गरेका व्यक्तिले सरकारी सुविधामा शिक्षा र स्वास्थ्य सुविधा लिँदा सार्वजनिक संस्थाबाट मात्रै लिन पाउने गरी कानुन बनाउनुपर्ने सुझाव दिए । उनले कुनै पनि नागरिकलाई विदेशमा उपचार गर्न सरकारले खर्च नदिने भनेर ऐन बनिसकेको भए पनि कार्यान्वयन नभएको बताए ।
सार्वजनिक पद धारण गरेका व्यक्ति वा उनका परिवारले सार्वजनिक शिक्षा र स्वास्थ्य सेवाबाहेकका संस्थाबाट सेवा लिन नमिल्ने र त्यस्तो प्रबन्ध गर्ने कानुन बनाएर कार्यान्वयनमा लैजानुपर्ने बताए । उनले काठमाडौंमै उच्चस्तरको अस्पताल बनाउन र सार्वजनिक पद धारण गरेका कोही पनि व्यक्तिलाई विदेशमा उपचारमा लैजानुपर्ने अवस्था भए त्यस्तो उच्चस्तरीय अस्पतालको सिफारिसका आधारमा मात्रै विदेश लैजान पाउने व्यवस्था गर्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार