प्रतिनिधिसभा बैठकको चौथो दिन : बोल्न नदिइएको विरोधमा राप्रपाद्वारा बैठक अवरुद्ध
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार ११:३४:१९
२७ वैशाख, काठमाडौं । बजेट अधिवेशन अन्तर्गत जारी प्रतिनिधिसभाको बैठक आज चौथो दिन पनि जारी रहेको छ । बुधबार बिहान ११ बजे सुरु हुने तालिका रहे पनि केही बेर ढिला सुरु भएको छ ।
बैठक सुरु भए लगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले उठेर विरोध जनाएका छन् । उनीहरूले आफूहरूलाई संसदमा बोल्न नदिइएको भन्दै बैठकमा उठेपछि केही बेर बैठक अवरुद्ध भएको छ । नाराबाजी समेत चलेकाे छ ।
बोल्नका लागि उनीहरूले सभामुखसँग आकस्मिक समय माग गरेका छन् । सभामुख देवराज घिमिरेले प्रि-बजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्मिक समय नराखिएको प्रष्ट पारेका छन् । घिमिरेले सदस्यहरूलाई बस्न आग्रह गरेका छन् ।
राप्रपाका सांसदहरुले संसदमा बोल्न पाउँदैनौँ भने कहाँ गएर बोल्ने ?’ भन्दै उनीहरू बस्न मानेनन् । अवरोध जारी रहेका कारण बैठक अघि बढ्न सकेको छैन । राप्रपाका अध्यक्ष समेत रहेका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले आफूहरूले बोल्न खोजेको र भ्रष्टाचारकै विषयमा कुरा राखेर छलफल गर्न खोजेको भन्दै समय मागेका थिए । सभामुखले समय दिन इन्कार गरेपछि उठेर नाराबाजी नै गरे ।
नाराबाजीपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
आइतबारबाट सुरु भएको बजेट अधिवेशनअन्तर्गत बैठकमा आइतबार नै अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेका ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)’माथि सदनमा छलफल भइरहेको छ । राष्ट्रियसभामा मंगलबार नै छलफल सकिएपनि प्रतिनिधिसभामा भने चलिरहेको छ । अझै २/३ दिन लाग्ने अनुमान छ । छलफलमा सांसदहरुले धारणा राख्ने क्रम सकिएपछि अर्थमन्त्री महतले जवाफ दिने कार्यसूची रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार