अर्घाखाँची आगलागीमा मृतकको सङ्ख्या चार पुग्याे
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार १२:४:२४
२७ वैशाख, अर्घाखाँची । भूमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका एकै गाउँका चारको मृत्यु भएको छ । कीर्तिपुरको बर्न अस्पतालमा उपचाररत माधव वेल्वासेको ज्यान गएसँगै मृतकको सङ्ख्या चार पुगेको हो ।
मंगलबार दिउँसो भूमिकास्थान–२ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका एकै गाउँका चारै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।
घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा सिफारिस गरिएको थियोे । पाल्पामा उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएकामा उपचारका लागि लैजाँदै गर्दा बाटो र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रिजालले बताए ।
आगलागीमा परी घाइते भएका तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर वेल्वासेको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा, ५५ वर्षीय पदम वेल्वासेको नारायणघाट नजिकै र ५२ वर्षीय घनश्याम वेल्वासेको काठमाडौं कीर्तिपुरको बर्न अस्पताल पुगेपछि मृत्यु भएको उपचारमा संलग्न स्थानीय विष्णु वेल्वासेले बताए । साथै ३६ वर्षीय माधव वेल्वासेको उपचारका क्रममा ज्यान गएको हो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रियतामा आगो नियन्त्रणमा लिएसँगै अन्य घर जोगिएका छन् । सन्धिखर्क नगरपालिका–४ वाङलामा रहेको मुस्लिम बस्तीमा आगालागी हुँदा आठ घरगोठ जलेर नष्ट भएका छन् । कम्तीमा चार भैँसी जलेका छन् । कुखुरा फर्ममा आगलागी हुँदा आठ सयभन्दा बढी कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीले मुस्लिम बस्तीका खैरे मियाँ, रजिम मियाँ, काला मियाँ, सम्सु मियाँ, जमालदिन मियाँ, सफी मियाँ र समसेर मियाँका आठ घरगोठ जलेर नष्ट भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रियतामा आगो नियन्त्रणमा आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
काठमाडौंको अनामनगरस्थित धोबीखोलमा कार खस्यो
पुष २१, २०८१ आइतबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार