चुकुल नखोलेपछि ढोका फोडेर पक्राउ गरेका थिए पूर्वगृहमन्त्री खाणलाई
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार १२:१०:१७
२७ वैशाख, काठमाडौं । बुधबार बिहान पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्ने क्रममा प्रहरीलाई निकै मेहनत गर्नुपरेको बताइन्छ । मंगलबारदेखि नै उनको निवास चावहिलको मैजुवहालमा रेकी ९निगरानी० गरेर घरमा रहेको एकिन भएपछि बुधबार बिहान काठमाडौं परिसरका प्रमुख एसएसपी मनोज केसी टोली लिएर खाणको घरमा पुगे ।
पुगेपछि उनले खाणलाई कार्यालयसम्म जानु पर्यो भनेर अनुरोध गर्दा एकछिन भन्दै ढोकामा चुकुल लगाएर भित्रै बसे । पटकपटकको आग्रहमा पनि ढोका नखोलेपछि टोलीमा खटिएका सुरक्षाकर्मीले ढोका नै फोडेर पक्राउ गरिएको जनाइएको छ । पक्राउका क्रममा तानातान समेत चलेको र खाणले ‘देख्लास्’ भन्दै धम्कीको भाषा प्रयोग गरेको स्रोतले जनायो । पक्राउ गर्दा उनी भिडियो कुराकानीमा रहेको बताइन्छ ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने भन्दै नेपाली सर्वसाधारणसँग अर्बौ रुपैयाँ उठाएर ठगी गरेको काण्डमा खाण पनि मुछिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो । प्रकरणमा उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि आजै पक्राउ गरिएको छ ।
प्रकरणमा खाणसहित १२ जना पक्राउ परिसकेका छन् । पूर्वमन्त्री समेत रहेका एमाले सांसद टोपबहादुर रायमाझी फरार छन् । फरार सूचीमा पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, उनका सल्लाहकार इन्द्रजित राईका पुत्र निरज सिंह छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार