नक्कली शरणार्थी प्रकरणले प्रधानमन्त्री दवावमा, सत्ता समीकरण संकटमा पर्ने संकेत
प्रचण्डको भारत भ्रमण रद्द हुने संकेत
केदार भट्टराई (काका)
बैशाख २७, २०८० बुधबार १३:४१:५३
२७ वैशाख, काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं रकम ठगी गरेको गिरोहसँग संलग्न भएको आरोपमा राजनीतिक दलका हाइप्रोफाइल नेताहरू पक्राउ पर्न थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' थप दवावमा पर्न थालेका छन् । ठगी प्रकरणमा दलका नेताहरूको संलग्नताले सत्ता समीकरणलाई समेत प्रभावित बनाउने देखिएको छ ।
सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण बुधबार बिहान आफ्नै निवासबाट पक्राउ परेका छन् । यसै प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव एवं पूर्वउर्जामन्त्री टाेपबहादुर रायमाझी वैशाख २० गते देखि फरार छन् । रायमाझी घरमै लुकेर बसेको अनुमानमा प्रहरीले उनको निवासमा खानतलासी समेत गरेको थियो । तर, उनी नेपाल नभई भारतमा लुकेर बसेको सूचना प्रहरीले पाएको छ । यो प्रकरणसँगै जोडिएकी नेपाली कांग्रेसकी नेतृ तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई पनि प्रहरीले नियन्त्रणमा लिने तयारी गरिरहेको बताइएको छ ।
खाँणको गिरफ्तारीले कांग्रेसमा हलचल पैदा गरेकाे छ । नेतृ आरजु राणा पनि पक्राउ परे यसले नेपालको राजनीतिलाई नै प्रभावित पार्ने सम्भावना देखिएको छ । नेताहरू मात्र हैन अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त प्रेमकुमार राईसमेत यो प्रकरणको मुख्य दोषी देखिएका छन् । उनलाई गिरफ्तारी गर्ने विषयमा प्रहरीले राष्ट्रपति कार्यालयसँग पनि छलफल गरिसकेको छ । रायमाझी र राईलाई बचाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रयासरत रहेको समाचार आइरहेका छन् ।
नेकपा एमालेको सचिवालय बैठकले फरार रहेका पार्टी सचिव ओलीले रायमाझीको अनुसन्धानमा सघाउने जनाएपनि पार्टी अध्यक्ष ओली भित्री रुपमा राई र रायमाझीलाई गिरफ्तार नगर्न प्रधानमन्त्रीलाई दवाव दिइरहेका छन् । ओलीले राई र रायमाझीको विषय अगाडि बढाए सरकार ढालेर प्रधानमन्त्री बाटै हटाउनेसम्मको दवाव दिएको भन्दै ओलीको आलोचना समेत भइरहेको छ । यसै पनि ओली जति सक्यो चाँडो प्रधानमन्त्रीबाट प्रचण्डलाई हटाउने खेलमा लागिरहेका छन् । उनले काग्रेस सभापति देउवासँग प्रचण्डलाई हटाएर आफू प्रधानमन्त्री बन्ने भए एमालेले बाहिरबाट साथ दिने आश्वासन यस अघि नै दिएका थिए ।
यता, गठबन्धनमा प्रचण्डलाई काँध थाप्दै आएको मुख्य दल नेपाली कांग्रेसमा पनि नेताहरू मुछिन थालेपछि यही गठबन्धनलाई साथ दिइरहेन कि अर्कै समीकरण बनाउने भन्ने चर्चा सुरु भइसकेको छ । पत्नी आरजु गिरफ्तार भए देउवाले पनि प्रचण्डलाई सरकारमा साथ दिइरहेको अवस्था नआउने आँकलन गर्न थलिएको छ । बुधबार समातिएका बालकृष्ण खाँण पनि देउवाका खास विश्वासपात्र हुन् । कांग्रेसका अन्य नेताहरू पनि पक्राउ पर्ने सम्भावना बढिरहेको छ । यो प्रकरणमा कांग्रेसका सांसद रामहरी खतिवडासहित केही नेताको सम्लग्नता बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
एमाले अध्यक्ष ओलीले प्रचण्डलाई प्रधानमन्त्रीबाट जति सक्दो चाँडो हटाउन खोज्नु र मुख्य भर दिइरहेका कांग्रेसका सभापति देउवा पनि बिच्किएको खण्डमा यसै पनि प्रधानमन्त्रीको पद धरामा पर्छ नै । गठबन्धन बचाउन यो प्रकरणमा मुछिएका नेताहरूलाई जोगाउन पनि प्रधानमन्त्री प्रचण्डलाई सहज छैन । यो अनुसन्धानमा थोरै तलमाथि भएपनि उनी प्रधानमन्त्रीमा रहिरहन सक्ने अवस्था आउँदैन । यति बेला दोषीलाई कारबाही गर्न जन दवाव बढिरहेको छ । प्रधानमन्त्रीमाथि दोषी देखिएका नेताहरूलाई कारबाही गर्ने पर्ने विदेशी दवाव पनि छ ।
मंगलबार बिहान विदेशी दवावबारे प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीलाई बालुवाटारमा बोलाएर जानकारी पनि गराएका थिए । खास गरी अमेरिकाले यो प्रकरणमा जोडिएका दोषीलाई कारबाही गर्न सरकारमाथि दवाव दिइरहेको छ । अमेरिकी सदनमा पनि नेपालीलाई नक्कली शरणार्थी बनाएर ठगी गरेको घटनाले प्रवेश पाएको छ । अमेरिकाले नेपाल स्थित अमेरिकी दूतावासका कर्मचारीमाथि पनि छानबिन थालेको छ । यी विषयमा मंगलबार प्रमुख तीन नेताबीच छलफल भएको थियो ।
एकातिर सत्ता बचाउन प्रचण्डलाई धौधौ हुने स्थिति बनिरहेको छ भने अर्को तर्फ प्रधानमन्त्री भएर उनी एकपटक पनि विदेश भ्रमणमा जान नपाउने प्रधानमन्त्री बन्दैछन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएर ठगी गरेको प्रकरणले प्रधानमन्त्रीको विदेश भ्रमण पनि प्रभावित हुने देखिएको छ । उनी छिमेकी मुलुक भारत र चीन भ्रमणमा जाने तयारीमा छन् । दुवै देशले नेपालको ठगी प्रकरणको अनुसन्धानमा राजनीतिक दलका नेताहरूको सम्लग्नतामाथि चासो राखिरहेका कारण पहिले हुने भनिएको भारत भ्रमणको मिति तय हुँदै कठिन देखिएको छ ।
परराष्ट्र मामिलाका जानकारहरुले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन खाेजेकाे विषयको कारबाहीमाथि शक्ति राष्ट्रसहित विश्वले हेरि रहेकाले भारतले पनि यसबारे चासो दिइरहेको बताएका छन् । उनीहरूको भनाइमा यो विषयको अनुसन्धानलाई लिएर भ्रमणका समयमा प्रश्नहरू आउन सक्छन् । यसका लागि प्रधानमन्त्रीले कूटनीतिक संयन्त्रको प्रयोग गर्नुपर्छ । अन्यथा भ्रमण रोकिन सक्छ । प्रधानमन्त्रीको भ्रमणको तयारी गरिरहेको परराष्ट्र मन्त्रालयले ताकेता गर्दा पनि भारतबाट मिति पाउन सकेको छैन । अब झन मुस्किल हुने सम्भावना बढेको छ ।
यसरी प्रधानमन्त्री प्रचण्ड दोहोरो दवावमा देखिएका छन् । अब सत्ता गठबन्धन बचाउनका लागि दोषी भनिएका नेताहरूलाई प्रमाण पुगेन भनेर सफाई दिने कि कारबाही अगाडि बढाउने भन्ने दुविधा उनमा छ । कांग्रेसको संस्थापन पक्षले प्रधानमन्त्रीले दोषी भनिएका कांग्रेस नेताहरूमाथि कारबाही रोक्न नसके सरकार परिवर्तन गरेर भएपनि उनीहरूलाई बचाउन पर्ने भन्दै सभापति देउवालाई दवाव दिन थालेका छन भने कांग्रेसमा यस्तो आवाज उठ्न थाले पछि एमाले अध्यक्ष ओली पनि चुप बस्ने अवस्था छैन । उनी जसरी हुन्छ सत्ता समीकरणमा धक्का दिन चाहिरहेका छन् । यस कारण यो प्रकरणले आगामी दिनमा कस्तो रुप लिन्छ भन्ने कुरा यकिन गर्न गाह्रो छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थप‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले संसद अधिवेशन नबोलाएर अध्यादेशमार्फत दल फुटाउने नीति लिएः माओवादी
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
विराटनगरका मेयर नागेश कोइराला प्रवृत्ति : ‘सिङ नभएको तिखे गोरु’
पुष १९, २०८१ शुक्रबार
स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार