नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका व्यक्तिको सम्पति जफत गर्न राप्रपाकाे माग
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार १३:४४:४३
२७ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका व्यक्तिहरुको सम्पत्ति जफत गर्न माग गरेका छन् ।
बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले कुनैपनि बहानामा दोषीलाई कारवाही गर्नबाट छुट नदिन सरकारको ध्यानाकर्षण गराउँदै उनीहरुको सम्पत्ति तत्काल जफत गर्न माग गरे ।
राप्रपाकी सांसद रोसन कार्कीले भ्रष्टाचारमा संलग्न भएकाहरुको सम्पति जफत गर्न माग गरिन् । स्वाधिन र सार्वभौम मुलुकमा नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्य जघन्य अपराध भएको बताइन् ।
‘नक्कली परिचय बनाएर ‘मान्छे बेच्ने काम जघन्य अपराध हो’ उनले भनिन्, ‘त्यस्ता अपराधीहरुको परिवारमा राखेको सम्पति जफत गरिनुपर्छ ।’ जघन्य अपराध र भ्रष्टाचारमा लागेका व्यक्तिलाई राजनीतिमा आउ
न नपाउने गरी बन्देज लगाउनुपर्ने बताइन् ।
कार्कीभन्दा अगाडि बोलेका राजेन्द्र लिङदेनले प्रकरण छानबिनमा शक्ति र पहुँचको भरमा कसैलाई नछाड्न आग्रह गर्दै प्रकरणलाई अख्तियारको जिम्मा लगाएर घटनालाई सामसुम पार्न खोजिएको भन्दै खबरदारी गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार