शोधनान्तर बचत उकालाे लाग्दै, घट्यो वैदेशिक लगानी घट्दाे
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार १४:५४:४७
२७ वैशाख, काठमाडौं । मुलुककाे शोधनान्तर बचतको स्थिति उकालाे लागेकाे छ । तर, प्रत्यक्ष वैदेशिक लगानी भने ठूलो दरमा घटेको छ ।
चालु आव २०७९/८० को चैतसम्म शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोड रुपैयाँले बचतमा रहेको देखिएको छ । अघिल्लो फागुनसम्म यस्तो बचत १४८ अर्ब रुपैयाँ बराबर थियो भने अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २६८ अर्ब २६ करोडले घाटामा थियो ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३७ करोडले बचतमा पुगेको छ । पहिलाे नाै महिनकाे समीक्षा अवधिमा चालु खाता भने ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५१० अर्ब ५८ करोड रुपैयाँले घाटामा रहेको चालु खाताको घाटा पनि विस्तारै बचततर्फ उन्मुख छ ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब २७ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २८ लाखले घाटाको अवस्थामा आइपुगेको छ । यो वर्ष प्रत्यक्ष वैदेशिक लगानी १३ अर्ब ८९ करोडले कम भएको देखिएको छ । समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर २४ प्रतिशतले कम भएर ५ अर्ब ९१ करोड रुपैयाँ झरेकाे छ । खुद प्रत्यक्ष वैदेशिक लगानी२ अर्ब ६२ करोड रुपैयाँ भित्रिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार