सरकारले राम्रो काम गर्नेबाहेक केही सोचेकाे छैन : प्रधानमन्त्री प्रचण्ड
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार १५:८:७
२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले राम्रो काम गर्नेबाहेक केही नसोचेको बताएका छन् । दिवंगत वामपन्थी नेता निर्मल लामाको २३ औं स्मृति दिवसको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रम प्रचण्डले सरकारले राम्रो काम मात्रै गर्ने र नराम्रो कामा गर्दै नगर्ने बताए ।
“सामाजिक रुपान्तरणका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढङ्गले सुरु गर्ने अठोटका साथ अगाडि बढेका छौं’ उनले भने ।
सो अवसरमा उनले निर्मल लामासँगका आफ्ना विगतका स्मरणबारे चर्चा गरेका थिए । उनले भने, “उहाँहरुलाई नै हेरेर हामी आन्दोलनमा लागेको हो । लामाजीसँगका थुप्रै प्रसंग बाँकी छन् ।”
उनले अहिले नयाँ परिस्थिति बनेको बताउँदै सामाजिक रुपान्तरणका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढङ्गले सुरु गर्ने अठोटका साथ अगाडि बढेको स्पष्ट गरे ।
प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिका निम्ति इमान्दार क्रान्तिकारी, बुद्धिजीवी, नागरिक समाजलगायत आम श्रमिक जनसमुदायको साथ र सहयोग हुने विश्वास व्यक्त गर्दै त्यसका लागि सबैमा अपिल पनि गरे ।
“सुशासनका निम्ति हामी गम्भीर भएर जे अठोटका साथ अगाडि बढेका छौँ । लामाजीलाई सम्झिँदै गर्दा उहाँको इमान्दारिता, क्रान्ति निष्ठा, सरलता र पारदर्शी हाम्रा लागि प्रेरणा बन्ने विश्वास व्यक्त गर्न चाहन्छु” प्रधानमन्त्री प्रचण्डले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार