नक्कली भुटानी शरणार्थी प्रकरणबारे तथ्यगत समाचार मात्रै सम्प्रेषण गर्नूः नेपाल प्रहरी
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार १६:४२:२२
२७ वैशाख,काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्कली भुटानी शरणार्थी प्रकरणबारे सही, सत्य र तथ्यमा आधारित सूचना र समाचार मात्र सम्प्रेषण गर्न आग्रह गरेको छ । बुधबार प्रहरी महानिरीक्षको सचिवालयले विज्ञप्ति जारी गर्दै सही, सत्य र तथ्यमा आधारित सूचना र समाचार सम्प्रेषण गरी नेपाल प्रहरीलाई अनुसन्धान कार्यमा सहयोग गरिदिन आग्रह गरेको छ ।
तथ्य र वस्तुगत प्रमाणमा आधारित रहेर अनुसन्धानलाई सारभूत रुपमा निष्कर्षमा पुर्याउन नेपाल प्रहरी प्रतिवद्ध रहेको विज्ञप्तीमा भनिएको छ । केही दिनयता प्रकाशित, प्रसारित समाचारले आफ्नो ध्यानाकर्षण प्रहरीले जनाएको छ ।
हालका दिनहरुमा कतिपय अनलाइन तथा छापा मिडियाहरु र विभिन्न सामाजिक सञ्जालहरुमा प्रहरीबाट अनुसन्धानको क्रममा रहेको भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणहरुलाई ठगी गरी संगठित अपराध गरेको मुद्दाको विषयलाई लिएर गलत, मनोगत, अनुमानमा आधारित भ्रमपूर्ण समाचार सम्प्रेषण भएको सन्दर्भमा नेपाल प्रहरीको ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार