मन्त्री बनेका सबै मान्छे भ्रष्टचारी होइनन् भन्दा जनताले पत्याउँदैनन् : सांसद केसी
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार १६:४९:६
२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुन नरसिंह केसीले मन्त्री बनेका सबै व्यक्तिहरु भ्रष्टाचारी होइनन भन्दा कसैले नपत्याउने बताएका छन् ।
बजेट अधिवेशन अन्तर्गत चौथो बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले पेस गरेका ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिता’माथिको छलफलमा भाग लिँदै सांसद केसीले भ्रष्टाचारकै निम्ति मन्त्री बन्ने र मन्त्री भनेका भ्रष्टाचारी नै हुन् भन्ने छाप जनतामा परेको बताए ।
विगतका सरकारहरुले प्रियतावादी बजेटकै ल्याएकै कारण आफ्नो क्षेत्र र व्यक्ति मोटाउने र भ्रष्टाचारको दबदबाले आज अर्थतन्त्र संकटतर्फ लागेको बताए । उनले भेनेजुयलाको उदाहरण दिँदै अर्थतन्त्रमा अहिलेकै स्थितिमा ओरालो लागे एक केजी चामल किन्न हजारौं रुपैयाँ पर्ने आउने खतरा रहेको बताए ।
उनले विकास र पूर्वाधार क्षेत्रमा बढी बजेट विनियोजन गर्नुपर्ने उनले बताए । भ्रष्टाचार गर्ने कसैलाई पनि उन्मुक्ति दिन नहुने बताउँदै नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता देखिएका कसैलाई पनि नछाड्न सरकारको ध्यानाकर्षण गराए ।
अर्थतन्त्रलाई चलायमान बनाउन र संकटबाट बचाउन पाँच सय र एक हजार दरका नोटमाथि प्रतिबन्ध लगाउनुपर्ने बताए । तर अहिले सरकारमा बस्ने मान्छेहरु प्रतिबन्ध लगाउन तयार नहुने उनले बताए । भ्रष्टाचार गरेर घरका दराज र विदेशी बैंकहरुमा थन्क्याइएको अवैध रकम तह लाग्ने र भ्रष्टाचार रोकिएर अर्थतन्त्रमा सुधार आउने उनको भनाइ छ । ‘घरमा डम गरिराखेका ठूला नोट र विदेशी बैंकमा ुलुकाइएका पैसा निकाल्ने हो भने सरकारले दुई थरी नोटमा केही समयका लागि प्रतिबन्ध लगाउनै पर्छ’ केसीले प्रश्न गरे, ‘के यो सरकारले यसबारे सोच्न सक्छ ?’
राजनीतिलाई आधार बनाएर गरिने ठूल्ठूला भ्रष्टाचारकै कारण राजनीति र नेताहरुप्रति जनतामा वितृष्ण बढ्दै गएको उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार