अनुसन्धानमा दोषी देखिएका कसैलाई पनि उम्कन दिँदैनौं : गृहमन्त्री श्रेष्ठ
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार १७:५८:१३
२७ वैशाख, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानमा दोषी देखिएका कोही पनि प्रहरीको आँखाबाट उम्कन नसक्ने बताए ।
बुधबार दिउँसो सिंहदरबारमा ३ प्रमुख दलका नेतृत्वहरुसँगको छलफलमा सहभागी भएर बाहिरिने क्रममा मन्त्री श्रेष्ठले संचारकर्मीहरुसँग कुरा गर्दै नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको र यसमा दोषी देखिएका कसैलाई पनि उम्किन नदिने बताए । उनले प्रकरण संगठित अपराधको रुपमा देखा परेको र यसमा पक्राउ परेका अभियुक्तहरुमा संगठित कसुरमा अनुसन्धान भइरहेको समेत जानकारी दिए ।
उनले अहिले नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने र त्यसको सन्दर्भमा संगठित ढंगले ठगी धन्दा चलाउने व्यक्तिहरु सुक्ष्म र गहन रुपमा अनुसन्धान भइरहेको बताए । प्रकरणलाई निष्कर्षमा पुर्याइछाड्ने प्रतिवद्धता व्यक्त गरे । साथै भेटवार्तामा शीर्ष नेताहरुबीच अनुसन्धानमा कुनै बाधा पुग्न नदिने सहमति भएको उनले बताए ।
प्रकरणमा अनुसन्धानका लागि हालसम्म नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १२ जना पक्राउ परेका छन् । एमाले सांसद टोपबहादु्र रायमाझीसहित ३ जना फरार छन् । रायमाझीले भने बुधबार नै प्रहरी समक्ष आत्मसमर्पण गर्ने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार