प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री खाँणलाई टेकुमा विशेष व्यवस्था
नेपालबहस संवाददाता
बैशाख २८, २०८० बिहिबार १४:१:३०
२८ वैशाख, काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहलाई साथ दिएको आरोपमा बुधबार पक्राउ परेको पूर्वमन्त्री बालकृष्ण खाँणलाई अनुसन्धान अवधिभर राख्नका लागि प्रहरीले विशेष व्यवस्था मिलाएको छ । प्रेसर र मधुमेहका विरामी रहेका उनलाई अस्पताल भर्ना गराउनुपर्ने भए पनि अहिलेसम्म अस्पताल लगिएको छैन ।
प्रहरी परिसर टेकुकाे एक स्राेतले दिएको जानकारी अनुसार खाँणलाई डीएसपीकाे अफिस रहेकाे ३ नम्बर कोठा उपलब्ध गराइएको छ । उक्त कोठामा उनले आवश्यक सुविधा पनि पाएका छन् । पत्र पत्रिका नेपाललगायतको सुविधा उनलाई प्रहरीले उपलब्ध गराएको छ । यसअघि कुनै पनि विषयको अनुसन्धानका क्रममा पक्राउ परेका विशिष्टहरुलाई सिंहदरबार वृतमा राखिने गरेको थियो ।
हिरासतमा लिइएका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई भने सिंहदरबारमा नै राखिएको छ । टेकु परिसरमा खाँण मात्र छन् । उनलाई प्रहरीले बुधबार बिहान चावहिलको मनमैजु निवासबाट पक्राउ गरिएको थियो । उनीमाथि अनुसन्धान जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन गोहोरोसहित दुई जना पक्राउ
पुष २२, २०८१ सोमबार
लेखा समितिका सभापति ऋषिकेशका स्वकिय सचिव अनिल पोखरेलविरुद्ध पक्राउ पुर्जी
पुष २२, २०८१ सोमबार
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु सुखद होइनः बाबुराम भट्टराइ
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार