प्रयास नेपालकाे सहयाेगमा हिमालय एयरलाइन्सले दियाे बालबालिकाहरु शैक्षिक सामग्री
नेपालबहस संवाददाता
बैशाख २९, २०८० शुक्रबार १६:५८:४०
२९ वैशाख, काठमाडौं । हिमालय एयरलाइन्सले प्रयास नेपालसँगको "Step Towards Education" मार्फत संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तरर्गत बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । एयरलाइन्सले बिहीबार प्रयास नेपालमा आयोजित कार्यक्रममा यसवर्षको शैक्षिक सत्रका लागि बाल–बालिकाहरूलाई विभिन्न ग्रेडका नोट बुक, रजिष्टर र शैक्षिक पाठ्यक्रम पुस्तकहरू जस्ता शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेको जनाएको हो ।
स्वावलम्बकाे बाटो पछ्याउने बालबालिकाको प्रबल इच्छाको प्रशंसा गर्दै, यस वर्ष एयरलाइन्सले खाना पकाउने र उद्यमशीलताको सीपलाई सुधार गर्न रेष्टुरेण्टको सुरुवाती पहल – ‘लभ एपेटाइट’ को लागि विशेष ज्ञान आदानप्रदान सत्र आयोजना गरेको थियो । एयरलाइन्सले आयोजना गरेको संक्षिप्त सत्रमा नेपाल एकेडेमी अफ ट्राभल एण्ड होटल म्यानेजमेन्टका प्रशिक्षक आकाश लामाले स्वैच्छिक रूपमा बालबालिका र लभ एपेटाइटका टोलीलाई भान्साको सुरक्षा, सरसफाइ, मेनु योजना (लागत, मूल्य निर्धारण रणनीति) मा केन्द्रित भई मार्गदर्शन गरे ।
खाना तथा भान्साको शिष्टाचार, पाक विधिको साझेदारी आदि विषयमा उनले प्रशिक्षण दिए । एयरलाइन्सको ब्रान्ड टोलीले प्रचार प्रसारको दृष्टिकोणबाट विभिन्न मार्केटिङ र ब्रान्डिङ प्रविधिहरूमा पनि प्रकाश पारेको थियो र उनीहरूलाई विशेष रूपमा डिजाइन गरिएको मेनु प्रदान गर्यो, जसले स्टार्ट–अपलाई अझ प्रभावकारी रूपमा बढ्न मद्दत गर्नेछ ।
यस्तो महान कार्यमा सहयोग गर्न पाउँदा एयरलाइन्सको तर्फबाट गौरव प्रकट गर्दै ब्राण्ड विभाग प्रमुख उज्ज्वला दलीले भने “प्रयास नेपालसँगको हाम्रो सात वर्षको सहकार्यमा बाल–बालिकाले हाम्रो “पहल” मार्फत आफ्नो सपना पूरा गरेको देख्दा हामी साँच्चै खुसी छौं । विद्यार्थीहरू शिक्षाको पहलतर्फ र जीवनमा आत्मनिर्भर बन्न आफ्नै खुट्टामा उभिन लागिपरेका छन् । यस रेष्टुरेण्ट स्टार्टअप मार्फत बालबालिकाले आफ्नो सिकाई र जीवनमा सम्मानका साथ अगाडि बढ्नसक्ने क्षमताको उत्कृष्ट प्रदर्शन गरेका छन् । यी उपलब्धिहरू र हरेक बालबालिकाको सपनामा देखा परेका थप सफलताप्रति हिमालय शुभकामना व्यक्त गर्दछ । सदा झैं, हिमालयले हाम्रो सामाजिक उत्तरदायित्त्वको मुख्य उद्देश्य पूरा गर्न सक्दो सहयोग गर्नेछ ।”
प्रयास नेपालकी अध्यक्ष मणि जोशीले हिमालय एयरलाइन्सको निरन्तर सहयोगका लागि गहिरो प्रशंसा व्यक्त गरे । यसले बाल–बालिकाको शैक्षिक प्रदर्शनलाई मात्र नभई उनीहरूमा सिकाइप्रतिको लगाव विकास गर्न पनि मद्दत गरेको बताए । प्रयास नेपाल सन् २००३ मा शिक्षा, चेतना र सीपमूलक तालिमको माध्यमबाट वञ्चित बालबालिकालाई सशक्तीकरण गर्ने सोचका साथ स्थापना भएको हो । संस्थाले विगत दुई दशकदेखि नेपालका विभिन्न भागका अनाथ, परित्यक्त र शारीरिक रुपमा अशक्त बाल–बालिकाका लागि बाल गृह सञ्चालन गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार