नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसप्रति मात्र तिर तेर्साए तरुण दल कडा रुपमा प्रस्तुत हुने
नेपालबहस संवाददाता
बैशाख ३०, २०८० शनिबार १६:१७:४७
३० वैशाख, काठमाडौं । नेपाली कांग्रेसनिकट युवाहरूको संगठन नेपाल तरुण दलका नेताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसलाई मात्र निशाना बनाए चुप लागेर नबस्ने बताएका छन् ।
शनिबार तरुण दल केन्द्रीय कार्यालय रवि भवनमा बागमती प्रदेशलगायत विभिन्न जिल्लाका सभापतिसँग केन्द्रीय अध्यक्ष विद्वान गुरुङले गरेको छलफलमा सहभागी नेताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसलाई मात्र निशाना बनाउन सक्ने भन्दै आशंका व्यक्त गरेका हुन् ।
छलफलमा सहभागी नेताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर कांग्रेसप्रति मात्र तिर तेर्स्याउने र अरू दलका नेता कार्यकर्ता मौन रहने हो भने चुप लागेर नबस्ने चेतावनी दिएको अध्यक्ष गुरुङको सचिवालयले जनाएको छ । सोही छलफलमा अध्यक्ष गुरुङले अहिलेको व्यवस्था प्रणालीमाथि अस्वाभाविक क्रियाकलाप बढेको भन्दै सम्भावित परिस्थितिप्रति सचेत रहन निर्देशन दिएका छन् ।
छलफलमा बोल्दै अध्यक्ष गुरुङले राजनीतिक घटनाक्रमको सूक्ष्म रुपमा जानकारी राखेकोमा वर्तमान भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन नहुने र नेपाली कांग्रेसका नेताहरूलाई मात्र निशाना बनाएर अघि बढ्ने चेष्टा राखे नेपाल तरुण दल कडा रुपमा प्रस्तुत हुने बताए ।
केन्द्रीय कार्यालय रवि भवनमा भएको छलफलमा मुख्य सचिव ठान प्रसाद पोखरेल, काठमाडौं अध्यक्ष कृष्ण जि खड्का ,सोलुखुम्बु अध्यक्ष अशोक झा, सिन्धुपाल्चोक अध्यक्ष सञ्जय लामा, काभ्रे अध्यक्ष सुजन लामा, कैलाली अध्यक्ष दीपेन्द्र बम, डोल्पा अध्यक्ष तुलबहादुर बोहरा, बारा अध्यक्ष लोकेश सिंह, नुवाकोट अध्यक्ष सिंहराज तामाङलगायतका नेता सहभागी थिए । अध्यक्ष गुरुङले उपत्यका बाहिरको जिल्ला तरुण अध्यक्षहरूलाई तत्कालको लागि काठमाडौं नछाड्न समेत निर्देशन दिएको सचिवालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार