बालुवाटार बैठक : ३ दलबीच संसदीय सुनुवाइ समितिमा सहमति
नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार १२:३७:४१
३१ वैशाख, काठमाडौं । बालुवाटार बैठकमा ३ ठूला दलका नेताहरुबीच संघीय संसदको सयुक्त संसदीय सुनुवाइ समितिको नेतृत्वमा सहमति कायम भएको छ ।
आइतबार प्रधानमन्त्री प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकले समितिको नेतृत्वमा सहमति जुटाएका हुन् ।
बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ३ दलले संसदीय सुनुवाइ समितिको नेतृत्वको तय गरेको बताए । थप विवरण भने उनले खुलाएनन् । उनले अन्य अन्य संसदीय समितिका सभापतिहरुमा समेत सहमति जुटाएको बताए ।
नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संसदीय समितिका सभापतिहरुको नामको टुंगो आजै बस्ने कार्यव्यवस्था परामर्श समितिले गर्ने बताए । कार्यव्यवस्था समितिको अध्यक्ष सभामुख रहने व्यवस्था छ । बैठकमा दलहरुका प्रमुख सचेतक र सचेतक तथा संसदीयका उपनेताहरु समेत सहभागी थिए ।
सुनुवाइ समिति गठन नहुँदा संवैधानिक परिषद्को निर्णयबाट संवैधानिक अंगमा नियुक्तिका लागि भएका सिफारिस भएका व्यक्तिहरुको सुनुवाई रोकिएको छ । परिषदले गत हप्ता मात्र सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तका लागि गरेको कायममुकायम प्रधानन्यायाधी हरिकृष्ण कार्कीमाथि सुनुवाई हुन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
झापामा सीमास्तम्भ मर्मत गरिँदै
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार