काठमाडौं टावरमा निजी सवारीका लागि पार्किङ खुला
नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार १४:४८:३४
३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा बनाएको ‘काठमाडौं टावर’मा निजी सवारीसाधनका लागि पार्किङ खुला गरेको छ । अण्डरग्राउण्डमा बनाएको पार्किङमा ३ सय वटा कार र ७ सय मोटरसाइकल पार्किङ सकिने जनाइएको छ ।
यहाँ बसलाई पार्किङ अनुमति दिइएको छैन । पार्किङ निशुल्क बनाइएको छ । महानगरले अब लामो दूरीमा सबै सवारी नयाँ बसपार्कबाट सञ्चालन गर्ने भएको छ । अहिले साना सवारीलाई मात्रै पार्किङ गर्न दिइएको महानगरका प्रवक्ता नविन मानन्धरले बताए ।
दरबारमार्ग, कमलादी, बागबजार क्षेत्रमा सवारी पार्किङ निषेध गरेको महानगरले टावरमा निशुल्क पार्किङ सुरु गरेको हो ।
विस्तारै सार्वजनिक बसहरुले ‘पिक एण्ड ड्रप’ सुविधा पाउने उनले बताए । २४ रोपनीको पुरानो बसपार्कमा १२ तले टावर निर्माण चलिरहेको । ठेकेदार कम्पनीले भने टावरलाई २४ तलासम्म बनाउन अनुमति मागिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
प्रदेश सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्दै बागमती प्रदेश
पुष २०, २०८१ शनिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
झापामा सीमास्तम्भ मर्मत गरिँदै
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार