तीन दिनभित्र विषयगत समितिको बैठक राख्ने कार्यव्यवस्था समितिको निर्णय
नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार १६:५२:२६
३१ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले ३ दिनभित्र विषयगत समितिको बैठक सुरु गर्ने निर्णय गरेको छ ।
सभामुख देवराज घिमिरे अध्यक्षताका बसेको बैठकले आगामी जेठ ४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हुने प्रश्नोत्तर कार्यक्रम प्रभावकारी बनाउने विषयमा पनि सहमति भएको छ ।
संसदीय सुनुवाइ र राज्यका निर्देशक समितिबीच संयुक्त समिति गठन गर्ने, नीति तथा कार्यक्रम संयुक्त सभामा पेश गर्ने तयारी तथा पोशाक र प्रतिक चिन्हको प्रयोग सम्बन्धमा निर्णय भएको सभामुखको सचिवालयले जनाएको छ ।
संसद बैठकमा सांसदहरुले आकस्मिक, शुन्य र विशेष समयमा उठाएका विषय र सभामुखले दिएको रुलिङबारे सरकार जवाफदेही बनाउन संसदको भूमिका थप सशक्त बनाउने विषयमा निर्णय भएको छ । कार्य व्यवस्था समितिले संसद संचालन, बैठकमा प्रस्तुत गरिने प्रस्ताव लगायत विषयमा दलहरुका बिचमा छलफल गराएर सहमति जुटाउन भूमिका खेल्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
निकोन एक्सपेरिएन्स हव, नेपालले बजारमा ल्यायो निकोनको नयाँ क्यामरा जेड ५० टू
माघ १२, २०८१ शनिबार
तस्बिरमा हेर्नुस विभिन्न जङ्गली जनावरहरु
माघ १२, २०८१ शनिबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार