राती पक्राउ परेका रायमाझीलाई अदालत हाजिर गराइँदै
नेपालबहस संवाददाता
जेठ १, २०८० सोमबार १०:९:१६
१ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार राति पक्राउ परेका एमाले नेता टाेपबहादुर रायमाझीलाई आज अदालत उपस्थित गराइने भएको छ । रायमाझीलाई म्याद थपका लागि अदालत लगिने काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ ।
काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका रायमाझीलाई काठमाडौं जिल्ला प्रहरी परिसर टेकुमा राखिएको छ । उनको राति नै स्वस्थ्य परीक्षण गरिएको छ । पक्राउ पुर्जी जारी भएको ११ औं दिनमा रायमाझी काठमाडौंबाटै पक्राउ परेका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा रायमाझीका छोरा सन्दीप रायमाझी यसअघि नै पक्राउ परिसकेका छन् । प्रहरी उच्च स्रोतले दिएको जानकारीअनुसार उनी नयाँ दिल्लीबाट काठमाडौं आइ बूढानीलकण्ठस्थित एक कार्यकर्ताको घरमा लुकेर बसेका थिए ।
उनी तिनै कार्यकर्ताको घरबाट आइतबार राति पक्राउ परेका हुन् । उनलाई पनि अनुसन्धानका लागि आज म्याद थपका लागि लैजाने तयारी गरिएको हो । रायमाझीलाई पहिले नेकपा एमालेले जोगाउन लागेको भन्दै चर्को आलोचना भएपछि निलम्बन गरेको थियो ।
सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पनि रायमाझी पक्राउ नगर्न पहिले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अनुरोध समेत गरेको बताइएको थियो । रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका थिए । ओलीले रायमाझी भाग्ने मान्छे नभएको भन्दै बाटोमै पक्राउ गर्न खोजिएको भनेर आपत्तिसमेत जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २४ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
झापामा परीक्षा दिएर फर्कदै गरेकी छात्रामाथि गोली प्रहार
बैशाख २१, २०८१ शुक्रबार
नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
झापामा परीक्षा दिएर फर्कदै गरेकी छात्रामाथि गोली प्रहार
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २४ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
आगलागी पीडितको त्रिपालमा वास
बैशाख २१, २०८१ शुक्रबार
डीभी २०२५ को नतिजा भोलि आउने, कसरी हेर्ने ?
बैशाख २१, २०८१ शुक्रबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
सेवा अवरुद्ध नगर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई दूरसञ्चार प्राधिकरणको चेतावनी
बैशाख २१, २०८१ शुक्रबार