नेपालमा साइकल कानुन बनाउनु पर्नेमा जोड
नेपालबहस संवाददाता
जेठ १, २०८० सोमबार १०:३१:३१
१ जेठ, काठमाडौं । देशभरका प्रतिनिधि साइकल संस्था समूह तथा साइकलप्रेमीको सहभागितामा नेपालमा साइकल कानुन तथा अभियान विषयक दुइदिने आवाशीय कार्यशाला गोष्ठी धुलिखेलमा सम्पन्न भएको छ । कार्यशालामा नेपालभरका साइकल संस्थाहरु, साइकल अभियानका अगुवा तथा नियमित साइकल प्रयोगकर्ता चार दर्जन बढी प्रतिनीधि तथा साइकलप्रेमीको सहभागीता रहेको थियो ।
विविध क्षेत्र, शंकाय, पेशा, तथा रुचिका प्रतिनिधि सहभागीहरुले साइकल समुदाय र साइकल अभियानका सवल, दुर्वल, अवसर, जोखिम आदि विविध समस्याहरुमाथि छलफल गरेका थिए । समस्याहरुमाथि गहन छलफलपश्चात समस्याको रणनीतिक समाधानार्थ अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा अघि बढाउने प्रस्ताव सर्वसम्मत पारित गरिएको जनाइएको छ ।
कार्यशालामा विविध क्षेत्रबाट प्रतिनिधित्व गर्ने साइकल समुदायका सदस्य तथा इमान्दार अभियानकर्ताहरु सामाजिक, आर्थिक, सांस्कृति तथा राजनीतिक हरेक हिसाबले सवल, सचेत र अनवरत सामाजिक न्यायका लागि समर्पित समुदायका रुपमा स्थापित गराउन दूरदृष्टीसहित एकतावद्ध बनेर सिर्जनात्मक अभियानमा संलग्न रहने र साइकल समुदायलाई यसतर्फ अग्रसर गराउने प्रतिवद्धता सर्वसम्मत सहमतिमा घोषणा गरिएको थियो ।
‘साइकल संस्कृति अभियान’को संयोजकत्व, ‘नेपाल साइकल सोसाइटी’, ‘साइकल सिटी नेटवर्क नेपाल’, ‘हिमालय राइडर्स सोसाइटी’, ‘बारा राइडर्स क्लव’, ‘साइकल साथी सैनामैना’, ‘फारवेस्टर्न राइडर्स’, ‘नेपालगंज साइक्लिङ क्लव’, ‘साइकल सिटी पोखरा’, ‘साइकल सिटी भैरहवा’, ‘चितवन साइक्लिङ राइडर्स क्लव’, ‘विरगंज साइक्लिङ राइडर्स क्लव’को आयोजना, ललितपुर महानगरपालिकाको प्रायोजन तथा धुलिखेल नगरपालिकाको आतिथ्यतामा कार्यशाला सफल रुपमा सम्पन्न गरिएको हो ।
देशभरका साइकल संस्थाका अगुवा, प्रतिनिधि, प्रतिवद्ध साइकल संस्कृति विकासमा समर्पित अभियानकर्मीले सहभागीतामूलक प्रस्तुतीसहित सामूहिक कार्यबाट आधार पत्रलाई अन्तिम स्वरुप दिइएको थियो । देशभरबाट साइकल समुदायको प्रतिनिधित्व गर्दै साइकल समुदायका सक्रिय प्रतिनिधिहरु जस्तै अपाङ्गता भएका समुहका एक हातले साइकल हाँकिरहेका व्यक्तिहरु, सर्वसाधारण, गृहणी, पेशाकर्मी, विद्यार्थी, शिक्षक, प्राध्यापक, डाक्टर, लेखक, कलाकार, साइकल खेलाडी, साइकल व्यवसायी आदि सबै क्षेत्रका प्रतिनिधिहरु उपस्थित भई कार्यशालाको सफलताका लागि सामूहिक रुपले महत्वपूर्ण योगदान दिइएको थियो । सबै सहभागी साइकल संस्कृति विकासप्रति समर्पित नियमित साइकल प्रयोगकर्ता तथा साइकल अभियानकर्ताका रुपमा पहिचान बनाइसकेका विविध विषयमा विज्ञता हासिल गरेका व्यक्तित्वहरु थिए ।
कार्यक्रमको समुदघाटन नियमित साइकल प्रयोग तथा साइकल संस्कृति विकासमा समर्पित काठमाडौँ विश्वविद्यालय चिकित्साशास्त्रका डीन प्रा.डा. राजेन्द्र कोजुले फूलको विरुवालाई पानी दिएर सम्पन्न गरेको थियो । त्यसपश्चात दुई दिनसम्म नेपालको साइकल संस्कृति, साइकल अभियान, साइकल अभियानकर्मी, साइकल कानुन, साइकल समुदायका समस्या, सम्भावना, सुधानुपर्ने पक्षहरुबारे नियमित साइकल प्रयोगकर्ता तथा अगुवाहरु आपसमा सामूहिक छलफल गरी निचोड निकालेर रणनीति तय गरिएको थियो ।
सामूहिक रुपमा पहिचान गरिएका साइकल समुदायका समस्या र तिनको समाधानार्थ तयार पारिएको रणनीतिहरुलाई सफल पार्न कार्यशालाको समापनका क्रममा सम्पूर्ण अतिथि सहभागी तथा कार्यशालाका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र विशेष अतिथि धुलिखेल नगरपालिकाका मेयर अशोककुमार बेन्जुले आफ्नो व्यक्तिगत तथा नगरपालिकाकातर्फबाट सघाउने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोलार म्याक्सीमा : सूर्यमा हलचल, पृथ्वीमा खलबल
जेठ २, २०८१ बुधबार
आईआईटी मद्रासको स्टार्ट-अपले ‘इलेक्ट्रिक फ्लाइङ ट्याक्सी’
बैशाख ३१, २०८१ सोमबार
नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने
जेठ ४, २०८१ शुक्रबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार