सांसद रायमाझीलाई अनुसन्धान गर्न ३ थुनामा राखिने
नेपालबहस संवाददाता
जेठ १, २०८० सोमबार १५:१८:२४
१ जेठ, काठमाडौं । एमाले सांसद टोपबहादुर रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि ३ दिन प्रहरी हिरासतमा राख्न प्रहरी अनुमति पाएको छ ।
व्यापक खोजी गरिरहेका बेला आइतबार राति बुढानिलकठण्बाट पक्राउ परेका रायमाझीलाई ३न दिन हिरासत राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालतले अनुमति दिएको हो । आइतवार पक्राउ परेका उनलाई आज सोमबार जिल्ला अदालतमा उपस्थित गराइएको हो ।
उनलाई आजदेखि नै सरकारी वकिलको कार्यालयले बयान लिन सुरु गरेको छ । प्रकरणका उनका छोरा सन्दीपलाई यसअघि नै पक्राउ गरिसकेको छ । प्रकरणमा उनीसहित १३ जना पक्राउ परेका छन् ।
प्रकरण राष्ट्रलाई नै अन्तर्राष्ट्रिय क्षेत्रमा लज्जित तुल्याएको भन्दै दोषीलाई राजद्रोहको कसुरमा अनुसन्धान गरेर मुद्दा चलाउन संसदमा सांसदहरुले दैनिकजसो आवाज उठाइरहेका छन् ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने भन्दै बिचौलिया केशव दुलाल योजनाकार रहेको गिरोहले ८७५ जना नेपालीबाट करोडौं रुपैयाँ ठगी गरेको आरोपमा उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।
प्रकरणमा मुछिएपछि एमालेले उनलाई पार्टीको केन्द्रीय सचिवबाट निलम्बन गरिसकेको छ । उनको सांसद पद खारेज हुने वा नहुने भन्ने विषय भने अदालतमा थुनछेक बहसपछि मात्र टुंगो लाग्ने भएको छ ।
रायमाझीलाई सोह्रखुट्टे प्रहरी वृत्तको हिरासतमा राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पुष १९, २०८१ शुक्रबार
डलर भन्दै कागजका खोस्टा दिएर पाँच लाख ठगी गर्ने पक्राउ
पुष १९, २०८१ शुक्रबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु, स्थगित युद्धविराम वार्ता पुनः सुरु हुने
पुष १९, २०८१ शुक्रबार
सुदूरपश्चिमका स्थानीय तहका प्रमुख र प्रदेश सरकारबीच अन्तरक्रिया
पुष १९, २०८१ शुक्रबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार