रेशम चौधरीको मुद्दा सर्वोच्चमा ‘हेर्दाहेर्दै’मा
नेपालबहस संवाददाता
जेठ १, २०८० सोमबार १७:२३:५६
१ जेठ, काठमाडौं । टिकापुर घटनाका दोषी ठहर भई जेल सजाय भोगिरहेका रशेमलाल चौधरी लगायत बन्दीहरुले सर्वोच्च अदालतमा दिएको पुनरावेदन मुद्दा फेरि हेर्दाहेर्दैमा राखिएको छ ।
न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा आज सुनुवाइ भएको हो । तर सुनुवाइमा कानून व्यवसायीहरुको बहस नसकिएपछि ‘हेर्दाहेर्दैमा’राखिएको सर्वोच्च प्रशासनले जनाएको छ ।
कैलालीको टिकापुरमा २०७२ साउन ७ मा नेपाल प्रहरीका उच्च अधिकारीसहित ७ र एक नाबालको हत्या घटनामा कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योग कसुरमा दोषी ठहर भई रेशमसहित दर्जन संख्यामा जेलमा छन् । रेशम डिल्लीबजारस्थितजेलमा छन् ।
उनीहरुले २०७८ सालमा फरकफरक मितिमा जिल्ला अदालत र उच्च अदालतबाट भएको दोषी ठहर फैसला बदरको माग गर्दै सर्वोच्चमा पुनरावेदन मुद्दा दायर गराएका थिए ।
यसअघि मुद्दामा सुनुवाइका लागि परेको पेसी सर्वोच्चले पटकपटक सार्दै आएको थियो । तर आज भने सुनुवाइ सुरु भएको हो । बाँकी सुनुवाइ भाेलि हुने जनाइएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार