आईएमई अटोमोटिभ्सको हार्ले डेभिडसन बाइक फेस्ट
इन्द्र रिजाल
चैत २६, २०७५ बुधबार ०:१०:५८
काठमाडौं । गत शनिबार काठमाडौंको जेनेसिस क्याफेमा हार्ले डेभिडसन बाइक फेस्ट सम्पन्न भएको छ ।
नेपालमा हार्ले डेभिडसन बाइकको आधिकारिक बिक्रेता आईएमई अटोमोटिभ्सले आयोजना गरेको उक्त बाइक फेस्टमा अमेरिकी लिजेन्ड्री बाइक आइरन ८८३ को टेष्ट राइड गरी विभिन्न राइडरहरुले आनन्द लिएका थिए । त्यसैगरी हार्ले डेभिडसन ब्रान्डका कपडाहरु र स्पेयर पार्ट्सको बारेमा समेत जानकारी लिन सकिने व्यवस्था थियो ।
आईएमई ग्रुप अन्तर्गतको आईएमई अटोमोटिभ्सले सन् २०१८ को नाडा अटो शोमार्फत नेपालमा पहिलो पटक हार्ले डेभिडसनका बाइक भित्र्याएको थियो । हाल काठमाडौंको गैरीधारामा यसको विश्वस्तरीय सोरुम रहेको छ ।
हार्ले डेभिडसन मोटर कम्पनीले कस्टम, क्रुजर र टुरिङ मोटरसाइकलहरु उत्पादन गर्छ । यसले सम्पूर्ण रुपमा स्पेयर पार्ट्स, एसेसरिज, राइडिङ गियर र एप्यारेलका साथै मर्चेन्डाइजको पनि व्यवस्था गरेको छ ।
कम्पनीले विश्वभरीका हार्ले डेभिडसन ग्राहकहरुलाई अपनत्व महसुस हुने गरी एकताबद्ध गरेको छ । हार्ले डेभिडसनको बारेमा जानकारी दिनका लागि विभिन्न कार्य समेत गर्दै आएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपटेस्लाको रोबो ट्याक्सी 'साइबरक्याब' सार्वजनिक, के के छन् विशेषता ?
असोज २६, २०८१ शनिबार
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि
असोज ९, २०८१ बुधबार
न्यू इनर्जी भेहिकलहरुको लागी लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा
भदौ २६, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार