नेप्सेमा झिनो अंकको सुधार, एनआईसी एशिया बैंक शीर्ष स्थानमा
नेपालबहस संवाददाता
जेठ २, २०८० मंगलबार १६:२९:१०
२ जेठ, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलब ३१ अंकले उकालो लागेर एक हजार आठ सय २१ दशमलब ६२ मा पुगेको हो ।
यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ०८ प्रतिशतले ओरालो लागेर तीन सय ४८ दशमलव ९३ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये ११ उपसमूहको शेयर मूल्य उकालो लाग्दा दुई उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।
कूल २० लाख ६३ हजार सात सय ३७ कित्ता शेयर रु ६४ करोड एक लाख १७ हजार दुई सय ६० मा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा एनआईसी एशिया बैंक शीर्ष स्थानमा छ । उक्त बैंकको रु पाँच करोड एक लाख ४६ हजार तीन सय ६१ बराबरको शेयर कारोबार भयो ।
शिवम् सिमेन्टको रु दुई करोड ८८ लाख ९२ हजार सात सय ९०, नबिल बैंकको रु दुई करोड १६ लाख ८५ हजार दुई सय ७७, नेपाल इन्स््योरेन्स कम्पनीको रु एक करोड ६७ लाख एक हजार दुई सय ९६ र हिमालयन बैंकको रु एक करोड ६४ लाख ३४ हजार तीन सय ४८ बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा नौ दशमलब ९९ प्रतिशतले बृद्धि भएको छ ।
यस्तै माया खोला हाइड्रोपावर पाँच दशमलब ७०, हिमालयन ऊर्जा विकास कम्पनी पाँच दशमलब ३५, सनराइज फोकस इक्विटी फण्ड चार दशमलब ५८ र राप्ती हाइड्रोका लगानीकर्ताले चार दशमलब ५३ प्रतिशतले कमाएका छन् ।
यस्तै माया खोला हाइड्रोपावर १०, एनआइबिएल ग्रोथ फण्ड पाँच दशमलब ६४, इस्टर्न हाइड्रोपावर चार दशमलब ५९, मानुषी लघुवित्त चार दशमलब ३३ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले तीन दशमलब शून्य आठ प्रतिशतले गुमाएका छन् ।
–––
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधितोपत्र बोर्डमा अध्यक्ष नहुँदा तीन महिनादेखि आईपीओ र एफपीओको काम बन्द
चैत १४, २०८० बुधबार
धितोपत्र बोर्डको अध्यक्षका लागि अर्थले खुलायो आवेदन
फागुन १६, २०८० बुधबार
नेप्सेले भन्यो, ‘मार्जिन कारोबारका लागि ११२ कम्पनी योग्य’
फागुन १४, २०८० सोमबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार