५४ दिन वित्दा पनि तयार भएन प्रतिवेदन, अनुसन्धानमा रहेका १४ आरोपीको एकमुष्ट बयान
नेपालबहस संवाददाता
जेठ ३, २०८० बुधबार १३:१३:२
३ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका १४ जना आरोपीलाई प्रहरीले आज सरकारी वकिलको कार्यालयमा बयान गराउँदैछ । प्रहरीका अनुसार आज सबै आरोपीको बयान सक्ने तयारी छ । यस प्रकरणमा प्रहरीले ५४ दिनदेखि आरोपीलाई समाएर बयान लिँदै आएको छ । सुरुमा पक्राउ परेकाहरूको पनि आज बयान लिइनेछ ।
प्रहरी समक्ष आत्मसमर्पण गरेका संविधानसभा सदस्य आङटावा शेर्पाको पनि आज बयान लिइँदै छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग मंगलबार राती १० बजेसम्म बयान लिइएको थियो । उनले इन्कारी बयान दिएका छन् । नक्कली शरणार्थी प्रकरणमा संलग्न भएका भनिएका अरू केहीलाई भने प्रहरीले नियन्त्रणमा लिन सकेकाे छैन । पूर्वमन्त्री रामबहादुर थापाको छोरा प्रतीक थापा पनि अहिलेसम्म पक्राउ परेका छैनन् ।
यस प्रकरणमा संलग्न भएको भनिएका पूर्व गृहसचिव एवं हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रमकुमार राई, पूर्वगृहमन्त्री रामबहादुर थापा, बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण लगायतसम्म प्रहरी पुग्न सकेको छैन । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि उनीहरू उम्कने खतरा पनि बढेर गएको छ । नाम मुछिएकाहरु बारे प्रहरीले सुक्ष्म अध्ययन गरिरहेको भनिए पनि उनीहरू पक्राउ परेका छैनन् ।
बुधबार शेर्पाको प्रारम्भिक र अरू आरोपितको थप बयान लिइने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रवक्ता एवं सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जाकारी दिए । उनले आज प्रतिवेदन बुझाउन प्रहरीलाई भनिए पनि बयान नसकिएकाले आज प्रतिवेदन बुझ्न काम नहुने उनले बताए । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुधवार साँझसम्म बुझाउन जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई निर्देशन दिएको थियो ।
वैशाख ३१ मा जिल्ला सरकारी वकिल कार्यालयले सो निर्देशन दिएको भए पनि सो समय सीमाभित्र अनुसन्धान प्रतिवेदन पेस नहुने पक्का भएको छ । २०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका हुन् । हालसम्म यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे सहित १४ जना थुनामा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पुष १९, २०८१ शुक्रबार
डलर भन्दै कागजका खोस्टा दिएर पाँच लाख ठगी गर्ने पक्राउ
पुष १९, २०८१ शुक्रबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु, स्थगित युद्धविराम वार्ता पुनः सुरु हुने
पुष १९, २०८१ शुक्रबार
सुदूरपश्चिमका स्थानीय तहका प्रमुख र प्रदेश सरकारबीच अन्तरक्रिया
पुष १९, २०८१ शुक्रबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार