सर्वोच्चको फैसलापछि रेशम चौधरीले भने- ‘पुनरावलोकनको बाटो खुला छ, न्यायिक पर्खाइमा छु’
नेपालबहस संवाददाता
जेठ ३, २०८० बुधबार १३:४९:२७
३ जेठ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक तथा टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीले मंगलबार सर्वोच्च अदालतले उनलाई जन्मकैद सजायको फैसालाई स्वीकार गर्ने बताएका छन् । फैसलाको भोलिपल्ट बुधबार एक पत्रमार्फत धारणा सार्वजनिक गर्दै सर्वोच्च अदालतको फैसलाले आफूलाई न्याय नदिएपनि स्वीकार्नुको विकल्प नभएको बताएका छन् ।
उनले फैसलालाई लिएर सामाजिक संजालहरुमा अनर्गल सामाग्री पोष्ट गरिएको भन्दै त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै त्यसो नगर्न अनुरोध गरेका छन् । उनले आफू लगायत २०७२ भदौ ७ मा भएको टिकापुर घटनामा जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले सुनाएको जन्मकैद फैसला बदर गर्न माग गर्दै दायर गराएका पुनवरावेदनमाथि सोमबार र मंगलबार सुनुवाइ गर्दै सर्वोच्चले मंगलबार नै जिल्ला र उच्चको फैसलालाई सदर गर्ने फैसला सुनाएको थियो ।
‘मिति २०८० ज्येष्ठ २ गते सम्माननीय सर्वोच्च सर्वोच्च अदालतले गरेको फैसलामा म प्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न,’ विज्ञप्तिमा भनिएकाे छ ।
उनले सर्वोच्चको फैसलाको पुनरावलोकनका लागि निवेदन दिने संकेत दिएका छन् । ‘हामी अझै न्यायिक पर्खाइमा छौं । त्यसैले सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेको छु, उनले भनेका छन्, ‘म डिल्लीबजार कारागारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको छु । स्वस्थ छु । रत्तिभर मन विचलित छैन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै
पुष २०, २०८१ शनिबार
सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन
पुष १३, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
गोरखाबाट पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
पुष २१, २०८१ आइतबार
भिजीबिलिटी कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित
पुष २१, २०८१ आइतबार
आइतबार तोलामा १५ सयले घटेर १ लाख ५२ हजारमा किनबेच भइरहेको छ सुन
पुष २१, २०८१ आइतबार
काठमाडौंको अनामनगरस्थित धोबीखोलमा कार खस्यो
पुष २१, २०८१ आइतबार