नागरिक उन्मुक्तिद्वारा ५ दिन नेपाल बन्दको घोषणा, टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग
नेपालबहस संवाददाता
जेठ ३, २०८० बुधबार १४:५:३९
३ जेठ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले ५ दिन नेपाल बन्दको घोषणा गरेको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो ।
नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले एक प्रेस विज्ञप्ति जारी गरी २०७२ भदौमा कैलालीको टीकापुरमा भएको घटनामाथि लाल आयोगले अनुसन्धान सकेर सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेठ ३ गतेदेखि १० गतेसम्म आन्दोलन घोषणा गरेको जानकारी दिएका छन् ।
विज्ञप्ति अनुसार ३, ४ र ५ गते राँके जुलुस, प्रदर्शन, काेणसभा र ६ गते १० गतेसम्म ५ दिन नेपाल बन्द घोषणा गरिएको छ । विज्ञप्तितमा दुई वटा मागलाई प्रमुखताका साथ उठाइएको छ । लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न र त्यो नगरिए कानून बनाएरै रेशमलाई फासी दिन माग गरिएको छ ।
नाउपा अहिले सरकारमा सामेल छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था मन्त्री छिन् । वर्तमान संविधान जारी हुनु करिब महिना दिनदेखि संविधानप्रति असन्तुष्ट जनाउँदै कैलाली, बर्दिया, बाँकेमा थारी समूदायले थरुहट राज्यको माग गर्दै थरुहट आन्दोलनका क्रममा टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक नाबालकको ज्यान जाने भएको घटनामा दोषी ठहर भएको उनका श्रीमान रेशमलाल चौधरीसहित ४ जनालाई जन्मकैद सजाय गरी २१ जना जेलमा छन् ।
नाउपाले टीकापुर घटनालाई राजनीतिक घटनाको रुपमा राज्यले लिनुपर्ने र बन्दीलाई निसर्त रिहा गरिनुपर्ने माग गर्दै आइरहेको छ । यही माग राखेर नाउपाले प्रदेशदेखि संघ सरकारसम्म समर्थन र सरकारमा सहभागितालाई जोड्दै आइरहेको छ । टीकापुरका बन्दीहरुको रिहाई नभए सरकारमा सहभागी नहुने अडान राख्दै आएको नाउपा माग सम्बोधन गर्न सहमति अनुसार पार्टी अध्यक्ष श्रेष्ठको नेतृत्वमा संघीय सरकारमा भूमि व्यवस्था मन्त्रालय लिएर पार्टी सरकारमा सहभागी भएको दाबी नाउपाका नेताहरुले दाबी गर्दै आएका छन् ।
यस्तो अवस्थात्री मंगलबार सर्वोच्च अदालतले रेशमसहित ४ जनालाई जन्मकैद सजाय ठहर्ने कैलाली जिल्ला र दीपायल उच्च अदालतको फैसलालाई सदर गर्ने फैसला गरेपछि नाउपा आन्दोलन उत्रिएको हो ।
डिल्लीबजार कारागारमा सजाय काटिरहेका रेशमले आज मात्रै सर्वोच्चको फैसलाको सम्मान गर्ने र फैसलाबाट आफू विचलित नभएको बताउँदै विज्ञप्ति जारी गरेपनि नाउपा आक्रोशित बन्दै पाँच दिने नेपाल बन्दको घोषणामा उत्रिएको छ । रेशम पार्टीका संरक्षक हुन् । उनकै योजनामा गत वर्ष मात्र नाउपा गठन भएको हो । पार्टी अध्यक्ष रञ्जितालाई उनकी पत्नी हुन् ।
रेशमलाई जेलमै पुगेर विभिन्न नेताहरुले भेट गरी टिकापुर घटना अपराधिक नभई राजनीतिक भएको बताउँदै घटनासँग जोडेर बन्दी बनाइएका सम्पूर्ण बन्दीहरुको रिहाइका लागि पहल गर्ने आश्वसन दिँदै आएका छन् ।
टीकापुर घटनापछि तत्कालीन सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गरेर घटनाको छानबिन तथा अध्ययन गरिएको थियो । सो आयोगले अध्ययन सकेर सरकारलाई बुझाएको प्रतिवेदन अझै सार्वजनिक गरेको छैन । प्रतिवेदनले घटनालाई ‘राजनीतिक’ ठहर गरेको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचन: कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
कात्तिक ३०, २०८१ शुक्रबार
समाजवाद जबर्जस्ती थोपरेर आउँदैन, जगैदेखि निर्माण गर्ने कुरा हो: अध्यक्ष प्रचण्ड
कात्तिक ३०, २०८१ शुक्रबार
जलवायु उत्थानशील दिगो विकास हाम्रो प्राथमिकताः वनमन्त्री शाही
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार