मौसमी बदलावले आन्तरिक र बाह्य उठान प्रभावित
नेपालबहस संवाददाता
जेठ ३, २०८० बुधबार १७:२०:५०
३ जेठ, काठमाडौं । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ । आन्तरिक उडानतर्फ विराटनगर र राजविराजबाट उडेका बुद्ध एयरका दुईवटा जहाज जनकपुर डाइभर्ट गरिएको छ । अन्य आन्तरिक उडान पनि प्रभावित बनेका छन् ।
अन्तर्राष्ट्रिय उडानतर्फ अहिले दिल्लीबाट आएको भिस्टारा एयर, टोकियोबाट आएको नेपाल वायुसेवा निगमको जहाज र दोहाबाट आएको कतार एयरवेजको जहाजलाई आकासमै होल्ड गरिएको छ । अहिले बाह्य र आन्तरिकतर्फ सबै उडान प्रभावित भएका छन् ।
काठमाडौंको मौसम बिग्रिएपछि तीनवटा अन्तर्राष्ट्रिय उडान होल्ड भएका हुन् छ । दिल्लीबाट आउँदै गरेको विस्तारा एयरलाइन्स र कतारको दोहाबाट आउँदै गरेको कतार एयरवेज होल्ड भएको छ ।
दिल्लीबाट नै नेपालतर्फ आउँदै गरेको नेपाल एयरलाइन्सको जहाजलाई पनि होल्ड गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । आन्तरिक उडान पनि प्रभावित भएको छ । काठमाडौं बाहिरबाट आउने जहाजलाई पनि डाइभर्ट गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार