बीमा कम्पनीले कुल खर्चको २५ प्रतिशत रकम विज्ञापनमा खर्च गर्नुपर्ने
नेपालबहस संवाददाता
जेठ ३, २०८० बुधबार १७:३२:५६
३ जेठ, काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले बजार प्रवर्द्धनका लागि गर्ने कुल खर्चको कम्तीमा २५ प्रतिशत रकम विज्ञापनमा खर्च गर्नुपर्ने भएको छ । प्राधिकरणले बीमकको संस्थागत सुशासन निर्देशिका २०७५ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकार प्रयोग गरी निर्देशन जारी गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले बीमकको व्यवस्थापन खर्चअन्तर्गत अतिथि सत्कार, व्यापार प्रवर्द्धन, विज्ञापन तथा प्रचार प्रसार र अभिकर्ता अन्य शिर्षकमा खुद बीमा शुल्कको बढीमा एक दशमलव पाँच (१.५०) प्रतिशतसम्म खर्च गर्न सक्ने व्यवस्था नयाँ प्रावधानमा रहेको छ
त्यस्तै, (२) उपदफा (१) बमोजिम बीमकले गरेको कुल खर्चको कम्तीमा २५ प्रतिशत रकम विज्ञापन तथा प्रचार प्रसार शिर्षकमा खर्च गर्नुपर्ने अनिवार्य व्यवस्था प्राधिकरणले गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेवघाटमा अल्पसङ्ख्यक तथा विपन्न समुदायको निःशुल्क स्वास्थ्य बिमा
पुष १३, २०८१ शनिबार
आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार