नेपाल साँंस्कृतिक संघको प्रशिक्षण भेलामा कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने
नेपालबहस संवाददाता
जेठ ५, २०८० शुक्रबार १२:४:१४
५ जेठ, काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतीक संघले काठमाडौंमा राष्ट्रिय प्रशिक्षण भेलाको आयोजना गर्ने भएको छ । संघको राष्ट्रिय प्रशिक्षण भेलालाई नेपाली कांग्रेसका शिर्ष नेताले सम्बोधन गर्ने भएका छन् । यहि जेठ १० र ११ गते संघले काठमाडौंमा आयोजना गरेको बृहत राष्ट्रिय प्रशिक्षण कार्यक्रमको उद्घाटन कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने संघका महामन्त्री राजेन्द्र खत्रीले जानकारी दिए ।
उनका अनुसार समापन समारोहमा भने कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । संघले देशभरका कलाकर्मीलाई समेटेर राष्ट्रिय प्रशिक्षण भेला गर्न लागेको जनाएको छ । सांस्कृतिक संघले भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई गहन दायित्व दिएर अगाडि बढाउँदा पार्टीलाई जीवन्त राख्न मद्दत गर्ने जनाएको छ ।
राजनीति र राजनीतिकर्मीहरूमा आएको विचलन लोकतान्त्रिक संस्कृतिको मर्म अनुकूल नरहेको स्पष्ट चित्र देखिन थालेका भन्दै संघको चिन्ता व्यक्त गरेको छ । ‘एउटा लामो कालखण्डसम्म आन्दोलनको नेतृत्व, संविधान अनि देशको सिंगो विकासको लागि महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाली कांग्रेसमाथि आज चौतफ्री प्रहार भइरहेको अवस्थालाई नकार्न सकिँदैन । देशकै मियो पार्टी आफै रक्षात्मक अवस्थामा आइपुग्नु निश्चयनै सुखद संकेत होइन,’ विज्ञप्तिमा भनिएको छ ।
धमिलिएको राजनीतिक परिदृश्य सङ्लो बनाउन लाग्नु पर्ने कुरामा दुईमत नभएको संघका अध्यक्ष तीर्थबहादुर थापाले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रेस युनियनको निर्णयप्रति धर्मेन्द्र झाको असन्तुष्टि, सल्लाहकारबाट दिए राजीनामा
मंसिर २३, २०८१ आइतबार
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार
लायन्स क्लव ३२५ केले चोभारमा मञ्जुश्री पार्क बनाउने, अनुमानित लागत ३५ लाख
कात्तिक १६, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मन जारी
पुष ८, २०८१ सोमबार
२९ अंकले बढेर २६१२ मा रोकियो नेप्से, ३२८ कम्पनीका शेयर खरिदबिक्री भए
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार