विभिन्न स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ५, २०८० शुक्रबार १३:२:४९
५ जेठ, काठमाडौं । देशका विभिन्न स्थानबाट पाँचजनालाई लागुऔषधसहित पक्राउ गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका(२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ७ सय ९० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-५ बस्ने ३० वर्षीय सन्तोष चौधरी र २६ वर्षीय करन चौधरी रहेका छन् । प्रहरी चौकी त्रिनगर र प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिका-२ तौलिहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय ५० मिलिग्रामसहित सोही नगरपालिका-३ देवनगढिया बस्ने २४ वर्षीय आनन्द चौरसियालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, उर्लाबारी नगरपालिका-३ सुनपकुवा बस्ने २१ वर्षीय निशान धिमाल र सोही नगरपालिका-८ बस्ने २३ वर्षीय निरोज कुमार लिम्बूलाई नियन्त्रित लागूऔषध ट्रमाडोल २ सय २८ क्याप्सुल र स्पासपेन २ सय २८ क्याप्सुलसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
निशान धिमालको घरमा प्रतिबन्धित औषधि ओसारपसार तथा बिक्री भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको प्र.नं.१-१०१२प१२०५ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
एकैदिन ३३ फरार प्रतिवादी पक्राउ, लाखौं मुख्य बराबरको अवैध भारतीय सामान बरामद
पुष १७, २०८१ बुधबार
धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ
पुष १७, २०८१ बुधबार
मुख्य सचिवको २, सचिवको ३ र अतिरिक्त सचिवको ४ वर्ष कार्यकाल राख्न लोकसेवाको प्रस्ताव
पुष १९, २०८१ शुक्रबार
धौलागिरी हिमाल र आसपास क्षेत्र
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
अर्थतन्त्रलाई विश्वका लागि खुला राख्न चीन ‘कटिबद्ध’
पुष १९, २०८१ शुक्रबार
विश्वमा सन् २०२४ ले गुमाएका चर्चित व्यक्तित्व
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा सात करोड बढी राजस्व संकलन
पुष १९, २०८१ शुक्रबार