आर्मी एफसी खुमलटारसँग २–२ गोलको बराबरीमा
नेपालबहस संवाददाता
जेठ ५, २०८० शुक्रबार १७:३४:१९
५ जेठ, काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब एफसी खुमलटारसँग बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार आर्मीले एफसी खुमलटारसँग २–२ गोलको बराबरी खेलेको हो ।
आर्मीका लागि जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले एक एक गोल गरे । खुमलटारका मेसुके ओलुमोउ र स्टेफेन समिरले एक एक गोल गरे । खेलको १४ औं मिनेटमा जगजितले फ्रिकिक मार्फत गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ३५ औं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई १–१ गोलको बराबरीमा ल्याए ।
खेलको ५१ औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ७५ औं मिनेटमा स्टेफेन समिरले गोल गर्दै खुमलटारलाई २–२ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै आर्मीले १९ खेलमा २६ अंक जोडेको छ । खुमलटारले १९ खेलमा १८ अंक जोडेको छ ।
त्यस्तै शुक्रबार नै एन्फा कम्प्लेक्समा हिमालयनले विभागीय टोली एपीएफ क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । हिमालयनको जितमा खामिर गिल्सन,पिस्टोन मुटुम्बा र अबायोमी फाकुन्लेले एक एक गोल गरे । एपीएफका सनिश श्रेष्ठ र युवराज खड्काले एक एक गोल फर्काए । जितसँगै हिमालयनले १९ खेलमा २४ अंक जोडेको छ । एपीएफले १९ खेलमा २२ अंक जोडेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
जाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !
जेठ ५, २०८१ शनिबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार