राजनीतिक चलखेलः चार घण्टा आईजीपीसहित उच्च सुरक्षा अधिकृतको बैठक
नक्कली भुटानी शरणार्थी मुद्दामा अनुसन्धान फितलो बनाउन प्रहरीलाई दवाव
नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार ११:५६:५१
८ जेठ, काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा ‘हाइप्रोफाइल व्यक्ति’ संलग्न देखिएपछि प्रहरी अनुसन्धानमा राजनीतिक चलखेल शुरु भएको छ । सुरक्षा निकाय र महान्यायाधिवक्ता कार्यालय मार्फत नै राजनीतिक चलखेल भएको हो ।
प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर र महान्यायाधिवक्ता दिनमणी पोख्रेललाई पूर्व प्रधानमन्त्री एवं कांग्रेस नेता शेरबहादुर देउवा र उपप्रधानमन्त्री रक्षामन्त्री पूर्णबहादुर खड्काले अनुसन्धान फितलो बनाउन दबाब दिएका कारण चलखेल भएको हो । उनीहरूलाई बालकृष्ण खाँणका सहयोगी महेन्द्र यादवले दबाब दिएपछि पूर्व प्रधानमन्त्री देउवा र उपप्रधानमन्त्री खाँणले आईजीपी कुँवर र महान्यायाधिवक्ता पाेखरेललाई मुद्दा कमजोर बनाउन दबाब दिएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतको दावी छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार नै सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउन लागेको भए पनि आइतबार बिहान आईजीपी कुँवर, एआईजी, श्याम ज्ञवाली, महान्यायाधिवक्ता पोखरेल लगायतका उच्च अधिकारीहरूको बैठकले अनुसन्धान प्रतिवेदन बुझाउन पठाएनन् । ‘बिहानदेखि चार घण्टा उच्चस्तरीय बैठक बस्यो, त्यसपछि आइतबार जाने भनिएको अनुसन्धान प्रतिवेदन प्रहरी कार्यालयमै रोकियो’, स्रोतले भन्यो । आइतबार उपप्रधानमन्त्री गृहमन्त्री नारायणकाजी श्रेष्ठ गोरखा गएका थिए । उनले नक्कली शरणार्थी प्रकरणमा दोषीहरु कोही पनि नउम्किने बताएका थिए भने सदनमा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने खेल भइरहेको बताएका थिए ।
त्यही क्रममा आईजीपी कुँवर, महान्यायाधिवक्ता पोखरेल, एआईजी ज्ञावाली, एसएसपी द्धय दानबहादुर कार्की र मनाेज केसीको संयुक्त बैठक बसेको थियो । पक्राउ परेका नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रहरीले पीडित र विचौलियाको बयान, गृहमन्त्रालयको बालकृष्ण पन्थी कार्यदलको प्रतिवेदनलाई किर्ते गरेको, एसएमएस र केही बाउन्स चेकलाई प्रमाणको रुपमा पेस गर्दै अनुसन्धान प्रतिवेदन तयार गरेको अवस्थामा त्यसलाई सकेसम्म कमजोर बनाउने गरी उच्चस्तरीय बैठक बसेको स्रोतको दाबी छ।
अनुसन्धानमा संलग्न अधिकृतका अनुसार शुरुमा पीडितले दिएको बयान र गिरोहका सदस्यहरूले दिएको बयानका आधारमा फेला परेका बाउन्स चेक, मोबाइल सफ्टवेयर रिकभर गर्दा भेटिएका एसएमएस र गृहमन्त्रालयले गठन गरेर तयार पारेको प्रतिवेदनको किर्ते नै मुख्य आधार र प्रमाणको रुपमा प्रतिवेदन तयार पारी सरकारी वकिल कार्यालयमा बुझाउन लागिएकाे थियो । तर सो अनुसन्धान प्रतिवेदन सरकारी कार्यालयमा नपुग्दै आईजीपीसहितको टीमले अनुसन्धान अधिकृतहरूसँग छलफल गरेको स्रोतको दाबी छ । यसै गरी सोही प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मोबाइलको रिपोर्ट आएको छ ।
खाँणको साथबाट बरामद भएको मोबाइल जाँचका लागि प्रहरीले डीजीटल फरेन्सीक ल्याब (डीएफएल) मा पठाएको थियो । डीएफएलले रिपोर्ट पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । भुटानी शरणार्थी प्रकरण बारेको कुनै कुराकानी तथा प्रमाणहरु नभेटिएको भन्ने रिपोर्ट आएको परिसर स्रोतले जनाएको छ । वैशाख २७ गते खाँणलाई चाबहिलको मैजुवहालस्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको थियो। खाँणलाई पक्राउ गरेपछि प्रहरीले मोबाइल नियन्त्रणमा लिएको थियो । उक्त मोबाइलमा भुटानी शरणार्थी प्रकरणको गतिविधि नदेखिएपछि डिलेट तथा फर्म्याट गरेको हुनसक्ने भन्दै प्रहरीले जाँचका लागि पठाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकसरी हुन्छ नेपाल टेलिकमको लाइसेन्स नवीकरणः कानुनमा अडचन छ, आर्थिक लाभ हेर्छन् कर्मचारी ?
बैशाख १५, २०८१ शनिबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
इलामको एउटा मतदान केन्द्रमा २ घण्टासम्म नक्कली मतपत्रमा मतदान
बैशाख १५, २०८१ शनिबार
बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते
बैशाख १५, २०८१ शनिबार
कुम्भ मेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
बैशाख १५, २०८१ शनिबार
मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति
बैशाख १५, २०८१ शनिबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री यादव अमेरिका प्रस्थान
बैशाख १५, २०८१ शनिबार
लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?
बैशाख १५, २०८१ शनिबार