देशलाई वित्तीय अपराधबाट बचाउन विधेयक पारित हुन आवश्यक छः मन्त्री गुरुङ
नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार १५:३७:५५
८ जेठ, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले वित्तीय अपराध नियन्त्रणमा नेपालको कानुनलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा सम्पत्ति शुद्धीकरण निवारण ऐन विधेयकका विषयमा उनले यस्तो बताएका हुन् ।
मन्त्री गुरुङले सम्पत्ति शुद्धीकरण निवारण विधेयक छिट्टै संसद्बाट पारित गरेर देश मनी लाउन्डरिङको कालोसूचीमा पर्नबाट जोगाउन आवश्यक रहेको बताए । उनले आर्थिक अपराध नियन्त्रण राज्यको दायित्व भन्ने विषय स्थापित गर्न पनि यही जेठभित्र विधेयक पारित र थप दण्डसजाय व्यवस्था गर्न आवश्यक रहेको बताए ।
आर्थिक अपराधमा अनुसन्धान तथा अभियोजन प्रभावकारी बनाउन र नियमन तथा सुपरिवेक्षणतर्फ कमजोर देखिएका क्षेत्रमा उल्लेख्य सुधार गर्न विधेयक पारित हुनुपर्नेमा उनले जोड दिए । नेपाललाई अन्तर्राष्ट्रिय रूपमा कालोसूचीमा पर्नबाट जोगाउन भए पनि विधेयकलाई समितिको प्राथमिकतामा राखी पारित गर्न आग्रह गरे । । विधेयक ल्याउन ढिला भइसकेकाले समितिले छिट्टै निष्कर्षमा पुर्याएर वित्तीय अपराध नियन्त्रणमा सहयोग गर्नुपर्ने उनले बताए ।
सम्पत्ति शुद्धीकरण निवारण संशोधन ऐनमा घरजग्गासम्बन्धी व्यवसायमा कारोबार गर्ने व्यक्तिले लाइसेन्स लिएर मात्र त्यस्तो कारोबार गर्न सकिने व्यवस्था गरिएको उनले जानकारी दिए । उनले क्यासिनोको विषय ऐनबाटै नियमन गर्ने, सहकारीको नियमनलाई प्रभावकारी बनाउने लगायत विषय विधेयकमा रहेको उल्लेख गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार