माओवादी केन्द्रका सांसदले लगाए रोष्ट्रमबाटै जनयुद्धको नारा
‘सरकारले ल्याएको नीति तथा कार्यक्रम उत्कृष्ट छ’
नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार १६:४:५८
८ जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले जनयुद्धकै कारण संघीय लोकतान्त्रिक गणतन्त्रको उदय भएको बताएका छन् । सरकारले पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसद सापकोटाले जनयुद्ध नेपालीले आफ्नो अधिकारका लागि लडेको लडाइ भएको बताए ।
सरकारले ल्याएको नीति तथा कार्यक्रमले देश र जनताको एक वर्षको योजना र विकासका खाका समेटिएको बताए । उनले प्रमुख प्रतिपक्षी एमालेका सांसदहरुको भनाइको प्रतिवाद गर्दै जनयुद्धप्रति गौरव रहेको भन्दै उनले रोष्ट्रमबाटै जनयुद्धको स्मरणमा नारा लगाए ।
उनले सरकारले ल्याएको नीति कार्यक्रम उत्कृष्ट रहेको बताउँदै पुनर्लेखन वा फिर्ता नहुने बताए । एमाले र राप्रपाले सरकारले ल्याएको नीति तथा कार्यक्रम हचुवाको भरमा ल्याएको भन्दै फिर्ता गर्नुपर्ने बताउँदै आइरहेका छन् ।
एमाले नेतृत्वको कार्यकालमा ल्याएको नीति तथा कार्यक्रमभन्दा निकै राम्रो र व्यवहारिक भएको बताउँदै कार्यान्वयनबाट यसको औचित्य पुष्टि हुने बताए । एमालेले नीति तथा कार्यक्रमको सुरुवातीमा लेखिएको ‘जनयुद्ध’ शब्दावलीप्रति आपत्ति जनाएकाप्रति सांसद सापकोटाले ‘बैगुनी’हरुलाई आत्मसमीक्षा गर्न सुझाव दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार