स्थानीय कालिगढ केही दिन देखि सेती प्रादेशिक अस्पताल धनगढीमा अचेत अवस्थामा !

नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार १६:२४:१७

८ जेठ, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका वडा न।८ का स्थानीय कालिगढ जय बहादुर पार्की यस क्षेत्रकै लोकप्रिय काष्टकलाकर्मीका रुपमा परिचित व्यक्ति हुन् ।
३९ बर्षका पार्कीले दर्जनौँ मन्दिरहरुमा देबीदेवताका मुर्ति, टुडाल तथा चित्रकला बनाइसकेका छन् । उनले काठ, सिमेन्ट र धातुका मुर्तिहरु बनाउने गर्दछन् । मठमन्दीर, घर र कार्यालयहरुमा कलात्मक मुर्ति र चित्रहरु बनाउने उनको पेशा बनेको छ ।
लोकप्रिय मुर्तिकारका रुपमा परिचित पार्की ११ दिन यता बिरामी परेकोमा अझै अचेत अवस्थामा छन् । उनको सेति प्रादेशीक अस्पताल कैलाली स्थिति आइसियु कक्षमा उपचार हुदैँछ । उपचारमा आर्थिक आभाव भएकाले परिवारजनले सहयोगको अपिल गरिरहेको छ ।
सानै उमेर देखि चित्रकला र मुर्तिकलामा औधी रुची भएका उनले औपचारीक पढाई कक्षा ४ सम्म मात्रै गरेकाछन् । कहिलेकाहीँ मात्रै स्कूल गएका उनि चारै पटक स्कूल प्रथम भएका थिए । सानैदेखी चित्रकलामा रुची भएका उनि पढाई निकै कम भएपनि नेपाली र अंग्रेजीमा होडिङ बोर्डहरु लेख्ने गर्दछन् ।
पार्की कलिलो उमेरमा स्कूल पढ्ने बेला किताबमा भएका चित्रहरु हुबहु सिसाकलमले कापीको पन्नामा उतार्थे । आफ्नो आँखाले देखेका वस्तुहरूको चित्र दुरुस्तै कापीमा उतार्न सक्ने खुबी उनमा बाल्यकाल देखि नै थियो । उनका बुवा धनविर पार्की समेत जिल्लामा नाम चलेका कुशल शिपालु हुन् । बुवाकै कलाको प्रभाव छोरामा परेको देखिन्छ ।
पार्कीले बैतडीको प्रसिद्ध शक्तिपीठ डिलाशैनी भगवती मन्दिर, कालागाँउमा अवस्थीत मौलिङ मन्दीर, कञ्चनपुर जिल्लामा अवस्थीत भगवतीको मन्दिर , कैलाली, दार्चुला, डोटी, डडेल्धुरा, बझाङ्ग र अछाम जिल्लामा रहेका अधिकांश मन्दीरहरुमा उनले नै कोरेका मुर्ति, टुडाल र चित्रहरु रहेका छन् । पार्कीले अभ्यास बाटै काम सिकेका हुन् । उनले घरका झ्यालढोकामा भरेका बुट्टाहरु निकै आर्कषक छन् । उनि कृषिजन्य औजार र घरेलु हातहतियार बनाउनमा पनि उत्तिकै सिपालु छन् । उनले आफ्नो घरका कोठाहरुमा आफै सारिने कलात्मक भाडाकुडाँहरु निर्माण गरेर प्रयोगमा ल्याएकाछन् ।
उनले मुर्तिकला र चित्रकलामा औपचारिक शिक्षा वा तालिम भने कतैबाट लिएका छैनन् । बिरामी परेका पार्कीको उपचार गरेर उनलाई बचाउन सबै पक्षबाट सहयोगको जरुरी छ । ११ दिन देखी धनगढी स्थिति सेति प्रादेशिक अस्पतालमा उपचाररत पार्कीलाई औषधी किन्न समस्या भएको उनका आफन्त दिपक पार्की बताउछन् ।
उनले भने,‘उहाँ गाउँमा जातो पिस्ने महिलाहरुको समस्यालाई समाधान गर्न खुट्टाले जातो पिस्ने यन्त्र बनाउने तयारीमा हुनुहुन्थ्यो, उक्त यन्त्रको खाका बनाउने क्रममै बहोस भएर ढल्नुभयो अझै होसमा आउनुभएको छैन् ।’ कलाका धनी व्यक्तिलाई उपचारका लागि आर्थिक संकलन अभियान थाल्नुपर्ने पाटन बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख पृतबहादुर बिष्टको भनाई छ ।
पार्की गाउँठाउँकै गहना भएकोले उनलाई बचाउन कुनै कसर बाँकी नराख्ने स्थानिय समाजसेवी धन बहादुर बिष्टले बताए । यस्तै पत्रकार नरेन्द्र बिष्टले पनि पार्कीको उपचार सहयोगमा आफुबाट हुन सक्ने सहयोग जति बेला पनि रहेने बताए ।यसमा सबै सहयोगि मनहरुको ठूलो भुमिका रहने भएकाले उनको उपचारमा सबैले सहयोग गरिदिन पनि बिष्टले अपिल गरेका छन् । यस्तै दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र बहादुर कार्कीले सक्दो सहयोग गरिने बताएका छन् ।
यस्तै पुर्व साङ्सद एवम् नेकपा माओवादी केन्द्रका बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कृवर,माननीय प्रदेश सङ्सद लक्ष्मी बिक माओवादी नेता भुवन बिश्वकर्मा ,रमेश महर, पुर्ब प्रदेश सङ्सद नेकपा एमालेका बैतडी जिल्ला सह इन्चार्ज लिलाधर भट्ट,नेकपा माओवादीका शुदुरपर्श्चिम प्रदेश कमिटी सदस्य एवम् बैतडी जिल्ला सह इन्चार्ज बिक्रम कृवर प्रतीक राष्ट्रिय स्वतन्त्र पार्टीका सुदुरपश्चिम महामन्त्री लगायत नेताहरूले मुर्तीकार पार्कीलाई बचाउन उपचारको थप पहल गरिने आश्वासन दिएका छन् साथै उनीहरूले स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् ।यस्तै नजिकका छिमेकी आफन्त, शुभचिन्तक, समाजसेवी तथा राजनितिकर्मीहरुले उपचारमा सहयोग गर्ने आश्वासन दिइरहेका छन् । सबै पक्षले उपचारमा सहयोग गरेर राम्रो अस्पताल लैजान पाएको खण्डमा लोकप्रिय मुर्तिकार पार्कीलाई बचाउन सकिनेछ । पार्कीको श्रीमती र दुई छोरा दुई छोरी रहेका छन् ।
आर्थिक अभावका कारण उनको उपचारमा समस्या भएको हो । केहि दिन अगाडी उनी प्रदेश अस्पताल धनगढीमा उपचाररत छन् । केही समयको लागि औषधी लिएका पार्कीको स्वास्थ निको हुदै गएको बताइएको छ ।उनी उपचारका लागि प्रदेश अस्पतालमै छन् । तर घरपरिवारको आर्थिक अवस्था कमजोर भएका ११दिनसम्म पनि उपचार गराँउदा आफुसँग भएको रकम सबै सकिएको उनका आफन्त दिपक पार्की बताउँछन् ।
आफन्तले उनको ज्यान बचाइदिन सहयोगी मनहरुलाई गुहार गरेका छन् । उनले देश विदेशमा रहेका सहयोगी मनहरुलाई अपिल गरेका छन् । साथै उनका भाईको सम्पर्क न. ९८६३३५७८६२ मा सम्पर्क गर्न सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगेटा मेडिकल विश्वविद्यालय बनाउन माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र
जेठ १९, २०८० शुक्रबार
डोटीमा शंकास्पद वस्तु तारसहितको प्रेसर कुकर फेला
जेठ १९, २०८० शुक्रबार
खप्तडमा पहिलोपटक अध्यात्म सम्मेलन हुँदै
जेठ १६, २०८० मंगलबार
झुट्टा अभियोग मागदाबीबाट सफाइ पाऊँः खाँण
जेठ २०, २०८० शनिबार
नेपाल–भारत सम्बन्धका आयामः प्रधानमन्त्रीले भारत भ्रमणबाट ठूलै कुरा लिएर आउलान् ?
जेठ २०, २०८० शनिबार
कांग्रेस रुपान्तरण अभियानको पोखरामा भेला
जेठ २०, २०८० शनिबार
प्रधानमन्त्री प्रचण्डकै भाषामा भारत भ्रमणका उपलब्धी !
जेठ २०, २०८० शनिबार
जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय सहमति
जेठ २०, २०८० शनिबार
भारत भ्रमण सोचेभन्दा राम्रो, विगतभन्दा परिणाममुखीः प्रधानमन्त्री
जेठ २०, २०८० शनिबार
चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
जेठ २०, २०८० शनिबार
४ जना कोरोना संक्रमित फेला, १८ जना उपचाररत
जेठ २०, २०८० शनिबार