इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार २०:४७:५
१२ वैशाख, इलाम । नेपाली कांग्रेस अहिले उपनिर्वाचनमा होमिएको छ । बझाङ र इलाममा हुन लागेको उपनिर्वाचनमा कांग्रेस गठबन्धन विहीन छ । विगतमा कांग्रेसले विभिन्न पार्टीहरूसँग गठबन्धन गरि निर्वाचन लड्दा आम कांग्रेस नेता तथा कार्यकर्ताहरुमा देखिएको आक्रोस, असन्तुष्टि र उदासीनताले सिंगो पार्टीलाई निरन्तर घाटा पुर्याएको हो ।
यसपटक कांग्रेसको महासमिति बैठकबाट गठबन्धनका विरुद्धमा जाने नेताहरूले निर्णय गरेपछि कांग्रेसको नेतृत्व तहका केहि ब्यक्तिहरु असन्तुष्ट देखिए पनि सिंगो पार्टीभित्र एकताको शन्देस गएको देखिन्छ । बिचार, सिद्धान्त र आदर्शभन्दा माथि सत्तालाई राखेर गरिएको कांग्रेसको बिगतको राजनीतिले भबिष्यमा मेटिने चिन्ताले पिरोलिएका युवा नेताहरु इलाममा एकजुट देखिएका छन् ।
गठबन्धनका विरुद्धमा गत स्थानीय निर्वाचन देखिनै खरो रुपमा उभिएका कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइराला पक्ष एकै कित्तामा उभिएपछि कांग्रेसको शक्तिशाली बहुमत लिएर बसेका सभापति शेरबहादुर देउवा समेत हच्किएका थिए । केवल आफु र आफ्ना आसेपासेका लागि मात्रै गरिने राजनीतिले अन्तत्तोगत्वा सिंगो पार्टी नै धरासायी हुने डर नेता डा.शेखर कोइरालामा थियो । कांग्रेसका लागि भविष्य बोकेर उदाएका युवा पुस्तालाई विपक्षी दलका चुनाव चिन्हमा मत माग्न लगाउँदा पर्न जाने नकारात्मक मनोबैज्ञानीक असरका बारेमा महामन्त्री गगन थापा समेत चिन्तित देखिन्थे ।
यसैको फलस्वरुप यसपटक नेपाली कांग्रेसले गठबन्धनको सत्ता गुमाएरै भएपनि आफ्नो पार्टीको अस्तित्व भने जोगाएको छ । यसबाट आम कांग्रेस नेता तथा कार्यकर्ताहरुमा अहिले हुन गैरहेको उपनिर्वाचनमा जुन उत्साह र हर्षोल्लास देखिएको छ त्यसले कांग्रेसलाई पुनः आफ्नो गुमेको शाख र जनविश्वास फर्काउने महत्वपूर्ण अवसर मिल्ने देखिन्छ ।
इलामको उपनिर्वाचनको प्रचारप्रसारमा जाँदा कांग्रेस नेता तथा कार्यकर्ताहरूको भावनाबाट स्पष्ट बुझ्न सकिन्थ्यो । बाटामा चारतारे र रुखको झण्डा देख्ने बित्तिकै हौसिएर घरदैलोमा सहभागी हुन आएका इलाम क्षेत्र नं. २ का मतदाताहरूको भावना पनि कांग्रेस एकतामै देखिएको छ । इलामको क्षेत्र नं. २ मा कांग्रेसका उम्मेदवार डम्बर खड्का अहिले चुनावी प्रचारप्रसारको अन्तिम घडीमा छन् । आज रातीबाट मौन अवधि सुरु भएको छ । कांग्रेसको उम्मेदवार जिताउन सिंगो पार्टी शक्ति अहिले इलाम खटिएको छ ।
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा केन्द्रीय तहका अधिकांश नेताहरु अहिले बिभिन्न पालिका तथा वडाहरुमै पुगेर नेपाली कांग्रेसलाई भोट मागेका छन् । बिगतमा गठबन्धन गरेर निर्वाचनम जाँदा गाउँ पस्न डराउने नेताहरु मुन्टो बटार्ने कार्यकर्ताहरु समेत अहिले खुसी देखिएका छन् । विगतमा कम्युनिष्ट बोकेर हिड्दा आम मतदाताहरु नेपाली कांग्रेससँग रिसाएका रहेछन् भन्ने कुरा इलाममा सजिलै बुझ्न सकिन्छ ।
निर्वाचनको प्रचारप्रसारका क्रममा इलाम क्षेत्र नं. २ मा गुटगत राजनीतिले समस्या पार्ने आँकलन स्वयं नेपाली कांग्रेसभित्र र बिपक्षीहरुले समेत यसलाई उपयोग गरेर मत प्राप्त गर्ने जुन सपना देखेका थिए त्यो भने अब समाप्त भएर गएको देखिएको छ । निर्वाचनको प्रारम्भमा नेपाली कांग्रेसका बरिष्ठ नेता डा. कोइराला इलाम पुगेर पार्टीमा एकताको जुन सञ्चार गरेर फर्किएका थिए त्यसलाई थप बल हिजो इलामको चुलाचुलीमा भएको बिशाल आमसभामा दखियो । स्वयं डा. कोइराला उपस्थित भएर डम्बर खड्कालाई जिताउन अहम् भूमिका खेलेसँगै इलाम क्षेत्र नं. २ का तमाम कांग्रेस नेता तथा कार्यकर्ताहरु उत्साही भए ।
हिजो सम्पन्न आमसभामा कांग्रेस बरिष्ठ नेता कोइरालाले पहिचानका पक्षधरहरुको कुराकानी र यसले कांग्रेसका उम्मेदवारलाई मतदान गर्न आफूले पाएको आश्वासनका कुरा गरिरहँदा पहिचानबादी शक्तिहरु समेत नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान तयार देखिएका छन् । यसले आगामी बैशाख १५ गते सम्पन्न हुन गैरहेको उप निर्वाचन नेपाली कांग्रेसका लागि फलदायी हुने देखिन्छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपजसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
अशोक राई नेतृत्वको जसपामा तोकियो जिम्मेवारी
बैशाख २३, २०८१ आइतबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार