यी हुन शरणार्थी बनाएर ठगी गर्ने गिरोहमा सम्लग्न फरार १४ आरोपी, ३३ जनाविरुद्ध के हुन्छ कारवाही ?
नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार १७:३९:४९
८ जेठ, काठमाडौं । प्रहरीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनी ठगी गर्ने गिरोहमा रहेका १४ जना फरार रहेको बताएको छ । फरार रहेकाहरूको खोजी कार्य जारी रहने र उनीहरूमाथि जुनसुकै समयमा पनि कारबाही चलाउने प्रहरीको भनाइ छ । फरार रहेका केही विदेश भागेको प्रहरीको आंकलन छ ।
प्रहरीले १४ जना आरोपित फरार रहेको प्रतिवेदन बुझाएको छ । प्रतिवेदन अनुसार यो प्रकरणमा पक्राउ परेको तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा र उनका सल्लाहकार ईन्द्रजित राईका छोरा निरज राई फरार रहेका छन् । उनीहरू नेपालमै लुकेर बसेको अनुमान गरिएको छ । केही आरोपीहरुको प्रमाण नपुगेको भन्दै प्रहरीले कारबाहीको सूचीमा राखेको छैन ।
यो प्रकरणमा फरार हुनेहरूमा अशोक पोखरेल, राजेश अर्याल, लक्ष्मी महर्जन, धिरेन महर्जन प्रतीक थापा, केशव तुलाधर, हरिभक्त महर्जन, दीपा हुमागाईं, मोहन राई, निरज राई, सुनील बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल र आशिष बुढाथोकी रहेका छन् । यी मध्ये अशोक पोखरेल यसअघि नक्कली भुटानी बनेर अमेरिका पुगेका थिए । अमेरिकाबाट आएर उनले नक्कली भुटानी बनाउन सहयोगीको भूमिका खेलेको प्रहरीको दाबी छ ।
नक्कली शरणार्थी बनाउने प्रकरणमा जोडिएर पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित ३३ जनालाई राज्य विरुद्धको, ठगी र संगठित अपराध गरी तीन खालका मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन नेपाल प्रहरीले सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । प्रहरीले झन्डै दुई महिना लामो अनुसन्धानपछि ३३ अभियुक्तलाई राज्य विरुद्धको, ठगी र संगठित अपराधमा मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन बुझाएको छ ।
सो प्रकरणमा संलग्न अभियुक्तका चार खाले भूमिका खुलाउँदै उनीहरूमाथि तीन वटै मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको भूमिका यो प्रकरणमा मुख्य निर्णयकर्ताका रुपमा देखिएको प्रहरी निष्कर्ष छ । त्यस्तै, सानु भण्डारी र केशव दुलाललगायतले विचौलियाको भूमिका निर्वाह गरेको र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, उनका छोरा निरज राई, बादल पुत्र प्रतीक थापा, रायमाझी पुत्र सन्दीप रायमाझीले विचौलियाको संरक्षण गरेको प्रहरी अनुसन्धान खुलेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तो अपराध गर्ने लाई संविधानको धारा ५ मा ‘नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, स्वाभिमान, नेपालीको हकहितको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषय हुनेछन्’ भनिएको छ । यो धारा ५ विपरीत कसुर गर्ने विरुद्ध मूलकी अपराध संहिता २०७४ को दफा ५१ (२) अनुसार राज्य विरुद्धको अपराधमा मुद्दा चलाउन सकिन्छ ।
संहिताको दफा ५१ (२) मा ‘कसैले राष्ट्र हित प्रतिकूल हुने कुनै काम गर्न वा गराउनु हुँदैन’ भनिएको छ । त्यसमा ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान वा नेपालको अन्तर्राष्ट्रिय छवि उपर अपमान हुने, होच्याउने वा घृणा वा द्वेष फैलाउने’ काम गरेमा राज्य विरुद्धको अपराध कसुरमा कारबाही गर्न सकिने उल्लेख छ ।
यो कसुर गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रूपैयाँ जरिवाना हुन सक्छ । यसका अतिरिक्त लेनदेन गरेको भेटिए उक्त रकमसमेत जफत हुने भनिएको छ । सार्वजनिक पद धारण गरेको वा नेपाललाई प्रतिनिधित्व गर्ने व्यक्तिले विदेश गएका बखत उक्त कसुर गरेको रहेछ भने थप तीन वर्षसम्म कैद सजाय हुन सक्छ ।
अपराध संहिता २०७४ को दफा २४९ मा ‘कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकामा सो बमोजिम नगरी वा फकाई, झुक्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानी पूर्वक कुनै किसिमको हानि, नोक्सानी वा क्षति पुर्याएमा वा आफ्नो वा अरू कसैका लागि कुनै लाभ प्राप्त गरेमा ठगी गरेको मानिने’ उल्लेख छ । शरणार्थी प्रकरणमा नेपालीबाट रकम असुलेर अमेरिका लैजाने प्रलोभन देखाउँदै गरिएको ठगी संगठित अपराधसम्बन्धी दफासमेत लगाएर अनुसन्धान गरिएको छ ।
संगठित अपराध निवारण ऐन–२०७० को दफा ३ मा ‘कसैले संगठित अपराध गर्नु वा गराउनु हुँदैन’ भनिएको छ । उक्त दफामा ‘कसैले आपराधिक समूहको लाभका लागि, आपराधिक समूहको निर्देशनमा आपराधिक समूहका तर्फबाट आपराधिक समूहसँग मिलेर वा आपराधिक समूहको संस्थापक सदस्य वा सदस्य भई जानीजानी कुनै गम्भीर अपराध गरेमा निजले संगठित अपराध गरेको मानिने’ उल्लेख छ । यो कसुर गर्नेलाई ठगीमा हुने कसुरका अलावा थप ५० प्रतिशत सजाय हुने उल्लेख छ । शरणार्थी प्रकरणमा भएको ठगीमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ । किर्तेमा पनि त्यति नै सजाय हुने उल्लेख छ । ठगीमा अघि बढेको कसुरमा संगठित अपराध र किर्तेमा उल्लिखित सजायका अलावा थप ५० प्रतिशत सजाय हुने प्रावधान छ । यस्तै संहिताको दफा २७६ मा किर्तेमा ठगीकै जति कैद र जरिवाना हुने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
सर्वोच्चको आदेशपछि बहुमतमा कन्फ्युज हुन थाले राजनीतिक दल, ५० हो कि ५१ ?
बैशाख १९, २०८१ बुधबार
लगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
पार्टी एकता गर्ने निहुँमा रेशम र रञ्जिताले करोडौँ रकम उठाएर खाए: महतो
बैशाख २१, २०८१ शुक्रबार
सेवा अवरुद्ध नगर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई दूरसञ्चार प्राधिकरणको चेतावनी
बैशाख २१, २०८१ शुक्रबार
वैशाख २६ गते चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा
बैशाख २१, २०८१ शुक्रबार
सयको नोटमा डिजाइन परिवर्तन गरेर चुच्चे नक्सा राखिने
बैशाख २१, २०८१ शुक्रबार
बिहीबारको मन्त्रिपरिषदले गर्यो ६ जना सचिवको सरुवा
बैशाख २१, २०८१ शुक्रबार
चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न
बैशाख २१, २०८१ शुक्रबार
भोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने
बैशाख २१, २०८१ शुक्रबार