अदालतमा मुद्दा दायर गर्न ढिला भएपछि १६ आरोपीको हिरासतमा राख्ने म्याद पुनः थपिँदै
नेपालबहस संवाददाता
जेठ ९, २०८० मंगलबार ७:५४:२१
९ जेठ,काठमाडौं । प्रहरीले सरकारी वकिलको कार्यालयमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनाको अनुसन्धान प्रतिवेदन बुझाए पनि अदालतमा मुद्दा दायर गर्न ढिला हुने भएपछि उनीहरूलाई आज पुनः म्याद थपका लागि अदालत लगिने भएको छ । मुद्दा दायर नहुँदासम्म उनीहरूलाई हिरासतमा राख्न अदालतबाट अनुमति लिन लागिएको हो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले अनुसन्धान सुरु गरी १६ जनाको प्रतिवेदन बुझाएको छ । यो प्रकरणका योजनाकार एवं बिचौलिया भनिएका केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ र सागर थुलुङलाई प्रहरीले गएको चैत १२ गते पक्राउ गरेको थियो । उनीहरूको बयान र प्रमाणका आधारमा प्रहरीले यो प्रकरणमा जोडिएका अरू व्यक्तिहरूलाई पक्राउ गरेको हो ।
करिब दुई महिनाको अनुसन्धानपछि प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ । सोमबार प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन पेस गरेको हो । यो प्रकरणमा पक्राउ परेका १६ र फरार रहेका १६ जना विरुद्ध मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ ।
।
उक्त प्रतिवेदन अध्ययन गरेर सरकारी वकिलको कार्यालयले ढिलोमा आउँदो बिहीबारसम्म जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्नुपर्छ । संगठित अपराध अन्तर्गत भएको ठगी र राज्य विरुद्धको कसुरमा मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएको छ । यो प्रकरणमा थप प्रमाणहरू फेला परेमा प्रतिवादीको संख्या थपघट हुन सक्ने प्रहरीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
माघ ४, २०८१ शुक्रबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार