वालिङ नगरपालिकाका जनप्रतिनिधिलाई संसदिय बैठक प्रणाली तालिम सम्पन्न
नेपालबहस संवाददाता
जेठ ९, २०८० मंगलबार ११:१८:३७
९ जेठ, काठमाडौं । वालिङ नगरपालिकाको सभाहलमा संसदिय बैठक प्रणाली तालिम सम्पन्न भएको छ । वालिङ जेसीजको अयोजनामा कार्यक्रम सम्पन्न भएका हो । वालिङ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई संसदिय बैठक प्रणाली तालिम दिइएको हो ।
संसदिय बैठक प्रणाली तालिममा प्रमुख अतिथि वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले वालिङ जेसीजले महत्वपूर्ण तालिम संचालन गरेको र यसले अव आउने नगरसभा र कार्यपालिका बैठकहरु सव्य हुने विश्वास व्यक्त गरेका थिए ।
नेपाल जेसीजका उपाध्यक्ष तथा वालिङ जेसीजको लागि निरुपित राष्ट्रिय उपाध्यक्ष चन्द्रमणि भुसालले अव आउने दिनमा पनि वालिङ जेसीजले महत्वपुर्ण र सिर्जनशिल कार्यक्रम गरि यहका युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्नका लागि नेपाल जेसीजले पूर्ण सहयोग रहने र स्थानीय सरकार संगको सहकार्यमा धेरै कामहरु गर्न सकिने बताए, भने कार्यक्रमा विशिष्ट अतिथि मूख्य प्रशिक्षण दिएका सन् १९९७ का राष्ट्रिय अध्यक्ष सिनेटर जेसी रविन्द्र कुमार कर्णले बैठक के हो ? बैठक कसरी संचालन गर्ने ? सफल बैठक कसरी आयोजना गर्न सकिन्छ ? संसदमा कसरी प्रस्तुत हुने? सभामा सभामुखको अध्यक्ष र सदस्यको भुमिका विषयमा प्रशिक्षण दिएका थिए ।
उक्त तालिममा सहभागि वालिङ,गल्याङ, भिरकोट जेसीज र वालिङ नगरपालिकाका जनप्रतिनिधि गरि ८० जना सहभागि रहेका थिए । तालिममा सहभागि जनप्रतिनिधि लगायतले तालिम प्रभावकारी रहेको र यस्ता कार्यक्रहरु नियमित भए अझै राम्रो हुने बताए ।
वालिङ जेसीजका निर्वतमा अध्यक्ष जेसी धु्रब पंगेनीले स्वागत मन्तव्य, सदस्य पूजा कोइरालाले आस्थापाठ र जेसीजका कानुनी सल्लाहकार यज्ञ पुरुष रिजालले जेसीजको मिसन र भिजन वाचन गरेका थिए, भने कार्यक्रमको अध्यक्षता वालिङ जेसीजका वर्ष २०२३ का अध्यक्ष मणि प्रसाद अर्याले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा
बैशाख १४, २०८१ शुक्रबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा महिला पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
बैशाख १४, २०८१ शुक्रबार
विकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
सल्यानटारका विद्यार्थीले बनाए चार पाङ्ग्रे विद्युत्तीय कार
बैशाख १४, २०८१ शुक्रबार
भोलि मतदान हुने इलाम र बझाङमा सबै सवारीसाधन निर्वाध चल्न दिने आयोगको निर्णय
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम
बैशाख १४, २०८१ शुक्रबार